बैतडिको पुजा बोहोराको साहसीलाई सलाम छ । उनको साहसीपनले पीडासहेर बसेका हरेक महीला दिदिबैनीहरु अब पिडा सहदैनन् । उनिमा भएको साहसीपनाले सबै दिदिबैनिहरुमा आत्मावल बढेको छ ।
नेपालको कानुन दैवले जानुन वास्तवमा यो हामी नेपाली जनताले अनुभव गरेको कुरा हो । जनताको हकहित र अन्याएको पक्षमा स्थापीत अड्डा अदालत , प्रहरी प्रसासन , मन्त्री , सरकार ती निर्दोष जनताको पक्षमा छैन् । चेलिबेटिको दिनदहाडै ईज्जत लुटिन्छ । आफनै साथिमाथि दुब्र्यबहारको प्रयास गरीन्छ । चेलिबेटी बेचबिखन गरीन्छ । ईज्जत लुट्न पाईदै भनेर कसैले खबरदारि गरो भने त्यसलेनै झन पीडा भोग्नु पर्छ । पैसाले किनेको अडडा अदलतको आशा अब नगर्दा हुन्छ । न त देशमा कानुन छ न त संविधान ? पैसाको बोटमा लहरीएको कानुनलाई के थाहा पीडाको कहाली लाग्दो काहानी ? पैसाको अगाडी कसको के चल्छर , मुख छोपेर डाको छोडेर एकान्तमा बसेर रुनु सीवाय केही छैन ।
जो संग पैसा छ त्यसका लागी नेपालमा कानुन छैन । राजनीतिक दलको आडमा अपराधी समाजमा ठाडो शिर पारेर बसेको हुन्छ । अड्डा अदालतका सामन्तका नाईकेहरु र तिनै अपराधिक मनोबल बोकेका हरुको कारण समाजका कयौ पीडितले झन हीसांको सीकार बन्नु परेको छ । त्यस्ता अपराधिक मनोबल बोकेका ब्यक्तिनै सरकारी ओहोदामा बसेपछि ति सोझा जनताले कसरी न्याए पाउने । त्यस्ता अपराधीले दिएको न्याए कस्तो होला ?
हामीले पुजाले पाएको न्याएबाट पनि थाहा पाईसकेका छौ ।
नेपालमा सरकारवादी अधिकांश मुद्धामा प्रतिवादी विजयी हुने गरेको छन् । १४ वर्षको उमेरमा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी पूजा बोहोराले ‘मेरो जीवन निमोठ्नेहरु निदोष हुन् ?’ भन्दै कानूनमन्त्रीलाई सार्वजनिक पत्र लेखेपछि नेपालको न्याय प्रणलीमाथि प्रश्न चिन्न उठेको छ । २०६८ साल चैैतमा एसएलसी परीक्षा दिन गएकी बोहोरा सामूहिक बलात्कारको शिकार भएकी थिइन् । जिल्ला अदालत बैतडीले सागर भट्ट र अमर अवस्थीलाई १३ वर्र्ष जेल सजाय सुनाएको थियो ।
पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीश रमेशराज भण्डारी र नरबहादुर साहीले जिल्ला अदालतको फैसला उल्टाएर आरोपितलाई सफाइ दिएपछि पूजाले कानूनमन्त्रीलाई पुजाले पत्र लेखेकी थिइन् । पत्र पढेर धेरैको आखाबाट आशु झरे । कानुन मन्त्रिले पनि भोलिपल्टनै म न्याए दिन्छु भन्दै जवाफ फर्काय । पुजाले कत्तिको न्याय पाउने हुन हेर्न बाकि छ । पिडीत संगत केनै हुन्छ र उसंग त आफुसंग भएको ईज्जत पनि जान्छ , नत उनिहरुसंग पैसा हुन्छ नत पावर । ठुलालाई न कानुन लाग्छ न जेलनेलनै लाग्छ । ऐननियम सबै हात्तिको देखाउने दातमात्र बने । ऐननियम निर्दालाई लाग्छ । तर सामन्ति अत्याचारी अपराधिलाई कानुन कहिल्यै लाग्दैन । यो न्याए खोज्नको लागी न्यायलयमा पुगेको पीडितले भोगेका्े कुरा हो । ठुलालाई चैन सानालाई ऐन । यस्तैछ देशको नियम कानुन । कोही महिला म माथि अन्याय भयो भनि न्याउको खोजिमा हिड्छे । यो समाजले त्यहि महिलालाई बेस्या र चरित्र हिनकोको संज्ञा दिन्छ । हरेक न्यायलयमा न्यायको लागी आउने कति जना पीडितले न्याएको अनुभब गरेर गएका होलान त्यो कुरा हाम्रा कानुनी ओहोदामा बसेकाहरुले विचार गर्नु पर्ने हो । तर पैसाको समाउन पाईन्छ कताको उहाहरुलाई पिडितको पिडा बुझ्नहुन्थ्यो ।
समस्याहरुत जव मानिस आमाको गर्भमा रहन्छ , त्यतिखेरदेखी मृत्युपर्यन्त कायम रहन्छ , त्यसलाई जे जति सकीन्छ समाधान गर्दै जाने हो । अबका दिनमा समस्याहरुदेखी डराएर हैन , त्यसै संग जुधेर नै अगाडि बढ्नुनै आजको आवश्यकता हो । अहिलेको २१ औ शताब्दिमा हाम्रा देशका चेलिहरु जसले पढ्न लेख्न पाएका छैनन् त्यसको बाधक कुरा शोषण प्रधान समाज हो । समाजमा महिलाले पुरुष सरह समान अधिकार र अवसर पाउनका लागी शोषण प्रधान समाजको अन्त्य गरेर समानता मुलक सामाजिक ब्यबस्था कायम गर्नुपर्छ । मानिसले मानिसलाई गर्ने शोषणको अन्त्य गर्न अब सबैले जुट्नु पर्छ । अहीले अपराधि समाजमा ठाडो शिर पारेर हिड्छ तर पीडितलाई चाहि समाजले बाहिर निसकेर हिड्न नसक्ने बनाउछ ।
अपराधिकै फन्दामा परेर लाखौ छोरीचेलिहरु रुदै वेश्यालयमा नारकीय जिवन विताउन बाध्य छन् । यो शोषणमा टिकेको ब्यबस्था छउन्जेल अपराधिहरुले यस्तो काम गर्न छाड्ने छैनन् ।