खाना पकाउने ग्यास बिक्री हुँदै

<span class='c1'>खाना पकाउने ग्यास</span> <span class='c2'>बिक्री हुँदै</span>

नेशनल ट्रेडिङ लिमिटेडबाट आज पनि खाना पकाउने ग्यास बिक्री हुँदैछ । उपभोक्ताले सहज रुपमा ग्यास नपाएपछि सरकारले आफै ग्यास बिक्री गर्न थालेको हो । हिजो पहिलो दिन उपभोक्ताले निकैबेर लाइनमा बसेर ग्यास पाएका थिए । हिजो ४ हजार सिलिण्डर वितरण गरिएको आयल निगमले जनाएको छ । आज लाइन व्यवस्थित गरिने निगमले जनाएको छ । पहिलेको भन्दा ६ हजार मेट्रिक टन बढी कोटा ग्याँस आयात गरिरहेपनि उपभोक्ताले चर्काे अभाव झेल्नुपरेकाले भन्दै सरकारले आफैं ग्याँस बजार संचालनमा ल्याएको हो । अर्काे महिनादेखि मासिक ३० हजार मेट्रिक टन ग्याँस आयात हुने सरकारले जनाएको छ । यस्तै निगमले फेब्रुअरी महिनादेखि ग्यासको आयात बढाउने तयारी गरेको छ ।
...............

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2