भारतको ६६औंं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

भारतको ६६औंं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

भारतको ६६औंं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न कार्यक्रम गरेको छ ।
दूतावास परिसरमा गरिएको कार्यक्रममा भारत सरकारले नेपालका १९ जिल्लाका अस्पताल, स्वास्थ्यचौकी र शैक्षिक संस्थालाई २० ओटा एम्बुलेन्स र ४ ओटा बस प्रदान गरेको छ । त्यसैगरी, ७५ ओटा पुस्तकालयलाई पुस्तक प्रदान गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत रनजीत रायले भारतको झन्डा फहराइ भारतका राष्ट्रपति प्रणय मुखर्जीकोसन्देश पढेर सुनाउनुभएको थियो । उहा“ले भारत र नेपालका जनताको आपसी मित्रता अझ बलियो हुने विश्वास व्यक्त गर्दै शान्ति, स्थायित्व र छिमेकीको विकासमा जोड दिनुभएको थियो ।
भारत सरकारले हालसम्म ७३ जिल्लाका विभिन्न संघ–संस्थालाई ४ सय ६२ ओटा एम्बुलेन्स, ९० ओटा बस प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्