डडेल्धुराको सदरमुकाममा भीषण आगलागी

डडेल्धुराको सदरमुकाममा भीषण आगलागी

डडेल्धुराको सदरमुकाममा भीषण आगलागी भएको छ । डढेलदुराको मुख्य बजारको रुपमा रहेको बागवजारमा गएराती आगलागी भएको हो । राती झण्डै एक बजेको समयमा भएको आगलागीबाट एक अर्ब रुपैंयाको क्षती भएको अनुमान गरिएको छ । आगलागीमा एक दर्जन भन्दा बढी पसलहरु जलेर नष्ट भएका छन् । दर्जनौं पसल तथा घरहरुमा क्षती पुगेको छ । आगो लागेको स्थलमा दमकल दुईघण्टा पछि मात्रै पुगेको थियो । एक बजे भएको आगलागी बिहान साढे ५ बजे मात्र नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । आगो नियन्त्रणमा लिन दुईवटा डोजर समेत प्रयोग गरिएको थियो । विद्युत्त सर्ट भएर आगो लागेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्