नेपाल विद्युत प्राधिकरणकी तत्कालीन वरिष्ठ सहायक इन्दिरा सुवेदी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

नेपाल विद्युत प्राधिकरणकी तत्कालीन वरिष्ठ सहायक इन्दिरा सुवेदी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणकी तत्कालीन वरिष्ठ सहायक इन्दिरा सुवेदी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बढुवा प्रयोजनको लागि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको पाइएपछि अख्तियारले सुवेदीविरुद्ध आज मुद्दा दायर गरेको हो । उनले बिहार इन्टरमिडियट एजुकेशन काउन्सिल पटना भारतबाट सन् १९९२ मा आईए उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेकी थिइन् । सो प्रमाणपत्र नक्कली एवं झुट्ठा देखिन आएको अख्तियारको ठहर छ ।

सुवेदीलाई साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्