खोपको अभाव देखिएपनि तत्काल आपूर्ति सम्भव

<span class='c1'>खोपको अभाव देखिएपनि</span> <span class='c2'>तत्काल आपूर्ति सम्भव</span>

ईपिडि मियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभर झण्डै डेढ महिनादेखि खोपको अभाव देखिएपनि तत्काल आपूर्ति सम्भव नभएको जनाएको छ । बालबालिकालाई जन्मेको एक महिनाभित्र लगाउने पहिलो खोप बिसीजी र नौ महिना पुगेपछि लगाईने एमआर भ्याक्सिनको देशैभर अभाव छ ।

अहिले खोप खरिद प्रक्रियामा दाताहरुले कडाई गरेकाले तत्काल आपूर्ति हुने सम्भावना नभएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताउँनुभयो । यूनिसेफले ग्लोबल टेण्डर आह्वान गरी नेपाल सहित भारत, बंगलादेश लगायत राष्ट्रमा खोप पठाउने गरेको छ ।

तर नेपालले बेलैमा खोपका लागि पहल नगर्दा समस्या भएको मरासिनीको भनाइ छ । स्वास्थ्य मन्त्रालयले भने जति सक्दो छिटो खोप आपूर्ति गर्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2