केपी सर्मा ओलीको अभिव्यक्तिमाथि मधेसी नेताले आपत्ती जनाएपछि निर्णायक भनिएको बैठकमा विबाद

<span class='c1'>केपी सर्मा ओलीको अभिव्यक्तिमाथि मधेसी नेताले आपत्ती</span> <span class='c2'>जनाएपछि निर्णायक भनिएको  बैठकमा विबाद</span>

निर्णायक भनिएको आजको बालुवाटार बैठकमा एमाले अध्यक्ष केपी सर्मा ओलीको अभिव्यक्तिमाथि मधेसी नेताले आपत्ती जनाएपछि बेठकमा विबाद उत्पन्न भएको छ । संविधानका अन्तर्वस्तु र विवादित विषयमा सहमति जुटाउन बसेको शीर्ष दल सम्मिलित वार्तामा प्रदेशको सवालमा सदभावना पार्टीका राजेन्द्र महतोले तराईको झापा, मोरङ, सुनसरी लगायतका जिल्लालाई पहाडी जिल्लामा जोड्न नहुने बताएपछि केपी सर्मा ओलीले ुतपाइँहरुलाई समथर भुभाग जति सबै चाहिने भए भारतको युपी र विहार पनि चाहिन्छ होला निु भनेपछि विवाद भएको बैठकमा सहभागि एक नेताले बताएका छन ।
बैठकबाट बाहिरिदै मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ओलीका अप्रिय शब्दले वार्ता भाँडिएको प्रतिक्रिया दिनुभएको छ । बैठकबाट बाहिरिदै एमाओवादी अध्यक्ष प्रचण्डले आफू केहीबेर अर्कै बैठकमा सहभागि हुन जाँदा यहाँको बैठक भाडिसकेको बताउनुभयो ।
यस्तै बैठकबाट बाहिरिदै एमाले नेता भीम रावलले ओलीको भनाइको बचाउ गर्नुभएको थियो । लगत्तै ओलीले नचाहिने विषयमा दलहरू बढी केन्द्रीत भएको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी तथा मधेश केन्द्रीत मोर्चाका बीचमा संविधानका विवादित विषयमा छलफलका लागि बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2