‘विप्लब’ नेतृत्वको नेकपा माओवादीले आज ठूला भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने

‘विप्लब’ नेतृत्वको नेकपा माओवादीले आज ठूला भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने

नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीले आज ठूला भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने भएको छ । अख्तियार दुरुपयोग netra bikramअनुसन्धान आयोगकै कार्यालय अघि माओवादी कार्यकर्ताहरुले भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने भएका हुन । अख्तियारले अहिलेसम्म साना कर्मचारीहरुलाई कारबाही गर्ने तर ठूला भ्रष्टाचारीलाई कारबाही नगरेको भन्दै अख्तियारको ध्यानाकर्षण गराउन लागिएको नेकपा माओवादी नेवाः राज्य कार्यालयका इन्चार्ज इश्वरी दाहालले बताउनुभयो ।
भ्रष्टाचार मौलाउदै गएको तथा दैनिक उपभोग्य वस्तुमा समेत कालोबजारी कायम रहेको भन्दै दैनिक जनजीविकाको सवालमा चासो राख्न दबाब दिने उद्देश्यले बिप्लव माओवादीले अख्तियारलाई आज ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । माओवादीले दाङमा सम्पन्न राष्ट्रिय सम्मेलनबाटै भ्रष्टाचारीहरुलाई जन कारबाही गर्ने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्