सनराइज बैंकका सुरक्षा गार्डको घाँटी रेटी हत्या

सनराइज बैंकका सुरक्षा गार्डको घाँटी रेटी हत्या

२० माघ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित सनराइज बैंकको शाखा कार्यालयका सुरक्षा गार्ड खेम बानियाँको अज्ञात व्यक्तिले घाँटी रेटेर हत्या गरेको छ ।

बैंक लुट्ने प्रयासस्वरुप उनको हत्या गरिएको हुन सक्ने प्रहरी निरीक्षक डिल्ली चौहानले अनलाइनखबरलाई जानकारी दिए ।

त्रियुगा नगरपालिका– ११ स्थित उदयपुर सिमेन्ट कारखाना परिसरमा रहेको उक्त बैंकमा रातीकाे समयमा लुटेरा समूहले वैंक लुट्ने प्रयास स्वरूप बैंककाे सुरक्षागार्ड बानियाँकाे हत्या गरेकाे हुन सक्ने भन्दै प्रहरी अनुसन्धान अघि बढाएकाे छ ।
बैंकका सुरक्षा गार्ड बानियाँ त्रियुगा नगरपालिका–८ निवासी हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी टेकबहादुर गुरूङकाे नेतृत्वकाे प्रहरी टाेलीले घटनाबारे अनुसन्धान अघि बढाएकाे छ ।

Sourse: Online khaber

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्