१९ दलीय मोर्चाले केपी ओलीको मानसिक सन्तुलनबारे आशंका

१९ दलीय मोर्चाले केपी ओलीको मानसिक सन्तुलनबारे आशंका

एकीकृत माओवादी नेतृत्वको १९ दलीय मोर्चाले एमाले अध्यक्ष केपी ओलीको मानसिक सन्तुलनबारे आशंका उत्पन्न भएको भन्दै स्वास्थ्य परीक्षणका लागि सरकारसँग माग गरेको छ । आज बिहान बसेको मोर्चाको बैठकले एमाले अध्यक्ष ओलीले लगाएको संविधानसभा बैठक अवरोध गरेर पैसाको बार्गेनिङ गरेको आरोप छानबिन गर्न लिखित रुपमै चुनौति दिएको हो ।

ओली शारीरिक रुपमा मात्रै नभई मानसिक रुपमा समेत असन्तुलित भएको आशंका उत्पन्न भएको भन्दै तत्काल उपचार व्यवस्था गर्न सरकारसँग माग गरेको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । बैठकले १० अर्ब दिए एकीकृत माओवादी मोर्चाले आन्दोलन रोक्छ भनेर ओलीले दिएको अभिव्यक्तिको भत्र्सना गरेको छ । एमाले अध्यक्ष ओलीले एकीकृत माओवादीलाई २ अर्ब ३ करोड दिएपछि संसदको अवरोध हटेको भन्दै अब ५ देखि १० अर्ब दिए संविधानसभा पनि खुल्ने र सडक आन्दोलन पनि रोकिने बताउँनु भएको थियो । ओलीको यो आरोपको जवाफ स्वरुप एकीकृत माओवादी मोर्चाले उहाँको मानसिक स्वास्थ्य परीक्षण गर्न माग गरेको हो । ओलीको अभिव्यक्तिलाई प्रचण्ड लगायतका नेताहरु यसअघि नै खण्डन गरिसकेका छन् । अहिले लिखित निर्णय नै गरेर ओलीमाथि गम्भीर आरोप लगाइएपछि दलहरुबीच झनै द्वन्द्व बढ्ने देखिएको छ ।

यसैबिच

एकीकृत माओवादी नेतृत्वको १९ दलीय मोर्चाले संविधानसभाको भोलीको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको बैठकले आफ्नो विरोधका बाबजुद गठन गरिएको प्रश्नावली प्रस्ताव समिति खारेज गर्नुको साटो उल्टै दुई तिहाइ बहुमतको प्रक्रियालाई निरन्तरता दिइएका कारण बैठकमा अनुपस्थित हुने निर्णय गरेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । मोर्चाले संविधानसभाको बैठक बोलाइएको समय पारेर भोली सिंहदरबारमा ३० दलीय मोर्चाको बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्