काठमाडौंको नयाँ बानेश्वरमा एक महिलाको साथमा रहेको १८ लाख रुपैयाँ लुटिएको छ । नयाँ बानेश्वरमा रहेको ग्लोबल आइएमई बैंकबाट रकम निकालेर निस्किएकी कलंकीकी सरस्वती आचार्यको साथबाट १८ लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ ।
सिनामंगलमा हाम्रो चितवन मनिट्रान्सफर सञ्चालन गर्दै आएकी आचार्यले बैंकबाट निकालेर रकम मनिट्रान्सफरमा लैजाने क्रममा लुटिएको हो । नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना लुटेराले महिलाले पैसा राखेको ब्याग खोसेर भागेका हुन् । लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
................