आमहड्ताल फिर्ता लिन आग्रह

आमहड्ताल फिर्ता लिन आग्रह

प्रधानमन्त्री सुशील कोइरालाले विपक्षी मोर्चाले भोलिबाट गर्ने भनेको आमहड्ताल फिर्ता लिन आग्रह गरेका छन्। बालुवाटारमा आज बिहान विपक्षी मोर्चाघटक मधेसी जनाधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारसँगको भेटमा प्रधानमन्त्रीले आन्दोलनका सम्पूर्ण कार्यक्रम त्यागेर वार्तामा आउन आग्रह गरेका हुन्।

प्रधानमन्त्री कोइरालाले आन्दोलन र द्वन्द्वबाट लोकतान्त्रिक शासन पद्धतिका लागि भएको झण्डै एक शताब्दी लामो संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिहरू गुम्ने खतरा रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए। एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले भोलिदेखि ३ दिने आमहड्ताल आह्वान गरेको छ। भेटमा संविधानसभाको बैठक र संविधान निर्माणको विषयमा कुराकानी भएको  प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्