प्रबिन दाहाल काठमाण्डौ/ एमालेका नेता माधवकुमार नेपालले आमहड्तालबाट जनतामाझ एकीकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चाको विश्वास गुम्नुका साथै जनमत घट्ने बताउनुभएको छ । सिमरामा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले संघीयतामा अल्झिरहे मुलुकले संविधान नपाउने भविष्यवाणी गर्दै वार्ता र संवादमार्फत आगामी जेठ १५ गतेभित्रै संविधान ल्याउनु पर्नेमा जोड दिनुभएको छ ।