अस्पतालै बन्द गरेर वनभोज, बिरामीले उपचार पाउन सकेनन्

<span class='c1'>अस्पतालै बन्द गरेर वनभोज,</span> <span class='c2'>बिरामीले उपचार पाउन सकेनन्</span>

सरकारी स्तरको १५ शैय्याको पोखरिया अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी सबैजना मंगलबार नयाँ वर्षको वनभोज खान ठोरी गएकाले दिनभर बिरामीले उपचार पाउन सकेनन्। अस्पतालजस्तो संवेदनशील संस्था बन्द गरेर स्वास्थ्यकर्मीसहित व्यवस्थापन समितिका अध्यक्ष अस्पतालकै बजेटमा वनभोज गएका हुन्।

घरायसी विवादमा झगडा हुँदा घाइते भएर लहाबरथकरी खेस्राहाका वीरेन्द्र ठाकुर मंगलबार उपचारका लागि पुग्दा अस्पताल बन्द थियो। अस्पताल बन्द भएकाले ठाकुरको उपचार निजी क्लिनिकमा गराएको उनलाई अस्पताल लिएर गएको एम्बुलेन्सका चालक नसिम पटेलले बताए। 'घाइतेलाई लिएर पुग्दा अस्पताल बन्द थियो', पटेलले भने, 'नजिकैको क्लिनिकमा छाडेर म फर्किएँ।' वनभोज खान अस्पतालका मेसु (मेडिकल सुपरिटेन्डेन्ट) देखि पियनसम्म ठोरी गएका थिए। अस्पताल बन्द गरेर स्वास्थ्यकर्मी वनखोज गएका कारण बिरामीले सेवा नपाएर निजी क्लिनिकमा उपचार गराएको स्थानीय पसले धर्मेन्द्र चौरसियाले बताए।

पोखरिया अस्पतालमा पर्साका २५ ग्रामीण गाविसका बिरामी उपचारमा आउँछन्। अस्पतालमा दैनिक सय हाराहारीमा बिरामीआउने गरेको निमित्त मेसु सुभद्रा थापाले बताइन्। नयाँ वर्ष मनाउन अस्पतालमा कार्यरत आफूसहित २५ जना स्वास्थ्यकर्मी र कर्मचारी वनभोज खान ठोरी गएको थापाले स्वीकारिन्। मिनी बस रिजर्भ गरेर वनभोज खान गएको उनले बताइन्। उनले अनमी पुष्पा ओलीलाई अस्पतालको जिम्मा लगाएर आफूहरू ठोरी गएको दाबी गरिन्। बुबालाई लिएर उपचारका लागि अस्पताल पुगेका हरिनारायण चौरसियाले भने कोही पनि स्वास्थ्यकर्मी नभेटिएको बताए। 'तीन सय ६५ दिन नै काम गर्छौं, एक दिन पिकनिक जाँदा के बिग्रियो र?' अस्पतालका अहेव बृजेश द्विवेदीले भने, 'नयाँ साल मनाउन ठोरी गएका हौं।'

अस्पताल विकास समितिको अध्यक्षको कार्यभार सोमबारदेखि समालेका उमेश चौहान पनि वनभोज खान स्वास्थ्यकर्मीसँगै गएका थिए। उनले भने, 'सबैले रहर गरेका कारण नयाँ साल मनाउन ठोरी गएका हौं।' अस्पताल बन्द गरेर नयाँ वर्ष मनाउन वनभोजमा जानु गलत भएको उनले स्वीकारे। 'गल्ती महसुस हुँदैछ', उनले भने, 'अब यस्तो गल्ती हुँदैन।' वनभोजका लागि अस्पतालकै बजेटबाट ३० हजार रुपैयाँ खर्च गरेको स्रोतको दाबी छ। निमित्त मेसु थापाले भने अस्पतालका कर्मचारीले जनही पाँच सय रुपैयाँ संकलन गरेर वनभोज गएको बताइन्। अन्नपूर्ण पोष्टबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्