एक दर्जन बोर्डिङमा विद्यार्थी सङ्गठनको तालाबन्दी

एक दर्जन बोर्डिङमा विद्यार्थी सङ्गठनको तालाबन्दी

विभिन्न विद्यार्थी सङ्गठनले आज कञ्चनपुरको महेन्द्रनगर र गड्डाचौकी क्षेत्रका एक दर्जन निजी विद्यालयमा तालाबन्दी गरेका छन् ।

शुल्क वृद्धिको विरोधमा आन्दोलित बनेका विद्यार्थी सङ्गठनले निजी विद्यालयका लेखाफाँटमा तालाबन्दी गरेको अनेरास्ववियुका जिल्ला सहसचिव नरेन्द्र कार्कीले जानकारी दिए ।

आन्दोलनरत विद्यार्थी सङ्गठनले महेन्द्रनगरस्थित इन्टरनेसनल पब्लिक हाइयर सेकेन्डरी स्कुल, सनराइज उच्चमावि, आदर्श विद्या निकेतन, रेडियन्ट उच्चमावि, डायमण्ड स्कुल, वेस्र्टन एकेडेमी, लिटिलबुद्ध एकेडेमी, माइलस्टोन, एपेक्स र ग्लोबल एकेडेमीको लेखाफाँटमा तालाबन्दी गरेको अनेरास्ववियुका सहसचिव कार्कीले बताए ।

उहाँले शुल्क वृद्धि गर्ने निर्णय फिर्ता नलिएसम्म तालाबन्दी यथावत् रहने बताए । तालाबन्दी गर्ने विद्यार्थी सङ्गठनमा नेकपा एमाले निकट अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)अनेरास्ववियु (छैटौैँ)र अखिल क्रान्तिकारी रहेका छन् ।

त्यसैगरी, विद्यार्थी सङ्गठनले आजै जिल्ला शिक्षा कार्यालयमा शुल्क वृद्धिलगायत शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न दबाब दिन दुई घन्टा धर्नासमेत दिएका छन् । तालाबन्दीका कारण विद्यालयको विद्यार्थी भर्ना प्रक्रियाका साथै अन्य कागजी काम कारबाही प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्