जाजरकोटमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई नै स्वाईन फ्लु भएको पुष्टि

जाजरकोटमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई नै स्वाईन फ्लु भएको पुष्टि

प्रबिन दाहाल/ महामारी प्रभावित जाजरकोटको पैंक गाविसमा बिरामीको उपचारमा संलग्न एक स्वास्थ्यकर्मीलाई नै स्वाईन फ्लु भएको पुष्टि भएको छ । प्रकोपस्थलमा बिरामी परेका अहेब रामचन्द्र गिरीलाई स्वाईन फ्लु पुष्टि भएको हो ।

जाजरकोटको पैंक गाविसमा विरामी भएर भुइँमा लडेकी एक महिलालाई उपचार गर्दा गर्दै गिरी बिरामी परेका थिए । पैंक स्वास्थ्य चौकीका इन्चार्ज समेत रहेका गिरीलाई जिल्लामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं लयाइएको थियो ।

उनको स्वास्थ्य परिक्षणमा एच वान एन वान संक्रमणको पुष्टि भएको हो । । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ । जाजरकोटमा एक महिनायता फैलिएको संक्रमणको कारण मृत्यु हुनेको संख्या २४ पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्