अख्तियारको केन्द्रिय र क्षेत्रिय स्वास्थ्य निकायमा एकसाथ छापा

अख्तियारको केन्द्रिय र क्षेत्रिय स्वास्थ्य निकायमा एकसाथ छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रिय र क्षेत्रिय स्वास्थ्य निकायमा एकसाथ छापा मारेको छ । देशभरका स्वास्थ्य संस्थामा निशुल्क बाडिने औषधीको अभाव भएको तर केन्द्रिय स्तरबाट पर्याप्त औषधी बाडिएको भन्ने सूचना सार्वजनिक भएपछि अख्तियारले अनुगमन थालेको हो ।

अख्तियारले मन्त्रालय अन्तर्गतको आपूर्ति महाशाखा, औषधी व्यवस्था विभाग लगायतमा टंगालस्थित कार्यालयबाट छापा मारेको छ । त्यस्तै क्षेत्रिय औषधी भण्डार केन्द्र तथा स्वास्थ्य निर्देशनालय र केही जिल्ला कार्यालयहरुमा पनि छापा मारेको अख्तियार स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्