आज वर्षकै सबैभन्दा पवित्र दिन

<span class='c1'>आज वर्षकै सबैभन्दा</span> <span class='c2'>पवित्र दिन</span>

आज वर्षकै सबैभन्दा पवित्र दिन अर्थात अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाईंदैछ।

आजको दिन खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास छ। अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ। आजकै दिन बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ। ज्योतिषहरुका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ।

चार युगमा सत्य र त्रेता यसै तृतीया तिथिबाट शुरु भएको मानिन्छ। चार धाममध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ। बेदव्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको विश्वास रहि आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्