३० दलीय मोर्चाभित्रको विवाद चर्कियो

३० दलीय मोर्चाभित्रको विवाद चर्कियो

प्रबिन दाहाल/एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाभित्रको विवाद चर्किएको छ । एकीकृत माओवादी र सत्तारुढ दलहरु सहमति नजिक पुगेका बेला मधेसवादी र जनजाति पार्टीहरुले भने असन्तुष्टि जनाएका छन् ।
उनीहरुले छुट्टै मोर्चाबन्दी गरेर आन्दोलन गर्न छलफल थालेका छन् । यसअघि हिजो कांग्रेस, एमाले र एमाओवादीबीच सहमति भएका विषयलाई मस्यौदा समिति पठाउने र संघीयताबारे छलफल जारी राख्ने सहमति भएको थियो । सहमतिलाई मूर्त रुप दिने जिम्मा तीन दलका शीर्ष तीन नेतालाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्