जाजरकोटमा आज थप दुई जनाको मृत्यु

जाजरकोटमा आज थप दुई जनाको मृत्यु

प्रबिन दाहाल/ एक महिनादेखि जाजरकोटमा फैलिएको मौसमी फ्लुको महामारीबाट आज थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पजारु ५ का ६६ वर्षीय परिमल सार्की र रामीडाँडा ७ का ६५ वर्षीय लालबीर नेपाली रहेका छन् । यो सँगै जाजरकोटमा महामारीबाट मृत्यु हुँनेको संख्या २६ पुगेको छ । सरकारले जाजरकोट महामारी नियन्त्रण आउन थालेको दाबी गरे पनि प्रकोप फैलने र मृत्यु हुने क्रम भने अझै रोकिएको छैन । महामारी नियन्त्रणको लागि आजपनि जिल्लाका बिभिन्न स्थानमा औषधि र स्वास्थ्यकर्मी पठाउने काम जारी छ । तर प्रकोप फैलने क्रम पुरानो ठाउँमा कम भए पनि नयाँ ठाउँमा देखा पर्न थालेको छ । पहिले नै स्वास्थ्यकर्मी र औषधिको ब्यवस्था नगर्दा प्रकोप बढ्न थालेको गाउँ रामीडाँडा स्वास्थ्यचौकीका इन्चार्ज ज्योतिले बताउँनुभयो ।
यसैबिच
जाजरकोटमा फैलिएको महामारी नियन्त्रण गर्न सरकारले घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरेको छ । रोग प्रभावित गाउँका घरहरु छरिएर रहेकाले मोबाइल टिम बनाई गाउँ गाउँमा चिकित्सकको टोली जाने तयारी भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर दुर्गम ठाउँमा घर भएकाले उपचारमा समस्या हुने महशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताउनुभयो । स्वाइन फ्लु समेत भएकाले छोटो समयमा नियन्त्रणमा आउने सम्भावना नरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर गीता शाक्यले बताउनुभयो ।
उता चितवनमा पनि स्वाइन फ्लुका १३ जना नयाँ बिरामी फेला परेका छन् । यस्तै रुकुममा देखिएको मौसमी रुघाखोकी र भाइरल ज्वरो नियन्त्रणमा आएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम दावीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्