तीन महिनाभित्र स्ववियू निर्वाचन गर्न सर्वोच्चको परमादेश

<span class='c1'>तीन महिनाभित्र स्ववियू निर्वाचन</span> <span class='c2'>गर्न सर्वोच्चको परमादेश</span>

तीन महिनाभित्र स्ववियू निर्वाचन गर्न सर्वोच्च अदालतले  त्रिभुवन विश्‍वविद्यालयका नाममा परमादेश जारी गरेको छ।  प्रधानन्‍यायाधीश रामकुमार  प्रसाद शाह र चोलेन्द्र शमशेर जबराको संयुक्त इजलासले मंगलबार सो आदेश दिएको हो।

६ वर्षदेखि स्ववियू निर्वाचन हुन सकेको छैन । पटक पटक निर्वाचनको मिति घोषणा हुँदा पनि विद्यार्थी संगठनहरुबीचको विवादले चुनाव स्थगित हुँदै आएको छ ।

स्ववियू चुनाव नहुँदा क्‍याम्‍पसमा अनियमितता बढेको र आफ्नो प्रतिनिधि छान्‍न पाउने विद्यार्थीको अधिकार कुन्ठित भएको बताउँदै अनेरास्ववियू छैठौंका विद्यार्थी विमल पोख्रेलले रिट दायर गरेका थिए।

यसैबीच, सर्वोच्च अदालतले महामारी फैलिएको जाजरकोट जिल्लामा २४ घण्टाभित्र उच्चस्तरीय स्वास्थ्य टोलीसहित आवश्यक औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले महामारी नियन्त्रणकालागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको कार्यलय र स्वास्थ्य मन्त्रालयको नाममा यस्तो आदेश जारी गरेको हो।सर्वोच्चले महामारीमा परी ज्यान गुमाएका मृतक, मृतकका परिवार र आश्रितलाई उचित क्षतिपूर्ति दिन उच्चस्तरीय समिति गठन गर्न भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्