टिभि हेर्न बोलाएर पाचँ वर्षिया बालिकालाई बलत्कार गर्ने पक्राउ

<span class='c1'>टिभि हेर्न बोलाएर पाचँ वर्षिया</span> <span class='c2'>बालिकालाई बलत्कार गर्ने पक्राउ</span>

पोखराकी ५ वर्षिया बालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेको भन्दै कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। स्याङजा मनकामना गाविस ३ घर भै हो पोखरा १५ बस्ने १८ वर्षका कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले बलात्कार गरेको उजुरीका आधारमा बैशाख ६ गते पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको कास्कीका प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए।

गुरुङले बालिकालाई टिभि हेर्न आफ्नो कोठामा बोलाएर मिठाइ खान दिइ जवरजस्ती करणी गरेको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जानकारी दिएको छ।

त्यसै गरि पोखरा १६ वर्षीय एक किशोरीलाई जवरजस्ती करणी गर्न खोजेको भन्दै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चितवन कठार घर भै हाल पोखरा १७ डेमसाईड बस्ने १८ वर्षीय सेरी जोवा चौधरीलाई पक्राउ गरेको हो। प्रहरीले बैशाख ५ गते पक्राउ गरी जवरजस्ती करणी उद्योगमा मुद्दामा म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ। चौधरीले किशोरीलाई किताव लिने बहानामा कोठामा बोलाई जवरजस्ती करणी गर्ने प्रयास गरेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्