जाजरकोटमा मृत्यु हुनेको संख्या २८

जाजरकोटमा मृत्यु हुनेको संख्या २८

प्रबिन दाहाल / जाजरकोटमा सिजनल फ्लु संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धिमे ५ का ५६ बषिर्ष चमारो रावल रहेका छन् ।
यो संगै जाजरकोटमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । रुघाखोकी र ज्वरोले ग्रसित भएका विरामीहरु उपचारको पर्खाइमा छन् ।
रुघाखोकी र सिजनल फ्लुबाट ग्रसित भएका गम्भीर बिरामीमध्ये एक महिला र दुई जना बालकलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम खलंगा लगिएको छ ।
प्रभावित क्षेत्रभरी हालसम्म ५३ सयले स्वास्थ्य जांच गराईसकेका छन् भने अझै एक हजार बढी बिरामी रहेको बताइएको छ ।
यसैबिच
इण्डोनेसिया भ्रमणमा रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले जाजरकोट लगायत क्षेत्रमा देखा परेको स्वाइन फ्लूको रोकथाम गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । जाजरकोटमा फैलिएको स्वाइन फ्लू नियन्त्रणमा आइनसकेको र अन्य जिल्लामा पनि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएको जानकारी पाएपछि प्रधानमन्त्रीले जाकार्ताबाटै स्वास्थ्य मन्त्री खगराज अधिकारीलाई टेलिफोन गरी यस्तो निर्देशन दिनुभएको हो । अफ्रो–एशियाली सम्मेलनमा भाग लिन प्रधानमन्त्री कोइराला इण्डोनेसिया पुग्नु भएको छ । । मन्त्रिपरिषद्को बैठकले मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा स्वास्थ्य र रक्षा सचिव रहेको प्रकोप नियन्त्रण समन्वय समिति बनाएको थियो । टेलिफोन वार्ताको क्रममा स्वास्थ्यमन्त्री अधिकारीले प्रकोप नियन्त्रणका लागि हालसम्म भएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच महामारी नियन्त्रणका सम्बन्धमा भएका प्रयास र बिरामीहरुको अवस्था बुझ्न मुख्य सचिव लीलामणि पौड्याल र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ आज जाजरकोट जाने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्