आज दशौं लोकतन्त्र दिवस

<span class='c1'>आज दशौं</span> <span class='c2'>लोकतन्त्र दिवस</span>

आज दशौं लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । विसं २०६२÷६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते सफल भएको दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाइन्छ । १० वर्षसम्म सशस्त्र संघर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।
यसैका जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरी जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो । आन्दोलनकै जगमा संविधानसभा निर्वाचन समेत भयो । तर, अबरुद्ध संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याउनु अहिलेको मुख्य चुनौती बनेको छ ।
लोकतन्त्र दिवशका अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले संवाद, सहकार्य, मेलमिलाप र एकताका माध्यमबाट नेपाली जनचाहना बमोजिमको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाइनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री कोइरालाले शुभकामना सन्देशमा नेपाली जनचाहना बमोजिम झण्डै एक शताब्दीदेखि गर्दै आएको संघर्षको परिणाम स्वरूप अहिलेको प्राप्त लोकतान्त्रिक शासन पद्धतिलाई चीरस्थायी बनाई जनताको भविष्य उज्जल बनाउन प्रेरणा मिलोस भनी कामना गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्