टुँडिखेलमा आजदेखि योग शिविर सुरु

<span class='c1'>टुँडिखेलमा आजदेखि योग</span> <span class='c2'>शिविर सुरु</span>

काठमाडौंको टुँडिखेलमा आजदेखि योग शिविर सुरु भएको छ । भारतका प्रसिद्ध योगगुरु रामदेवको उपस्थितिमा सुरु भएको योग शिविरको राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको हो । राष्ट्रपतिले स्वास्थ्यको लागि योग महत्वपूर्ण हुने बताउनुभयो । पतञ्जली योगपीठ नेपालको आयोजनामा सञ्चालन भएको योग शिविर बिहान ५ देखि ८ बजेसम्म ५ दिनसम्म चल्नेछ । योग शिविर सुरु गर्दै रामदेवले नेपालमा छिटै संविधान आउन सकोस् भन्ने कामना गर्नुभएको थियो ।
शिविरमा राष्ट्रपति, मन्त्रीहरु र सर्वसाधारणहरुको बिहानैदेखि चहलपहल बढ्ेको थियो । रामदेवले वैशाख १६ गते बिहान जनकपुरमा पनि योग सिकाउने कार्यक्रम रहेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्