जाजरकोटमा देखिएको स्वाइनफ्लु भाइरसको नमुना विशेष परीक्षणका लागि जापान पठाउने

<span class='c1'>जाजरकोटमा देखिएको स्वाइनफ्लु भाइरसको नमुना</span> <span class='c2'>विशेष परीक्षणका लागि जापान पठाउने</span>

प्रबिन दाहाल /काठमाण्डौ

सरकारले जाजरकोटमा देखिएको स्वाइनफ्लु भाइरसको नमुना विशेष परीक्षणका लागि जापान पठाउन लागेको छ ।

चिकित्सकले जाजरकोटसहित देशका विभिन्न स्थानमा देखिएको स्वाइनफ्लु भाइरस नै परिवर्तन भएको आशंका गरेपछि विशेष परीक्षण गर्न जापान पठाउन लागिएको बताईएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार स्वाइनफ्लु भाइरसको नमुना एक साताभित्र जापानस्थित विश्व स्वास्थ्य संगठनको कोल्याब्रेटिङ सेन्टरमा पठाइनेछ । सेन्टरले सुरक्षित रुपमा नमुना पठाउन आवश्यक ‘किट’ नेपालका लागि कुरियर गरिसकेको छ ।

यसैबिच

सरकारले जाजरकोटमा मौसमी रुघाखोकीको संक्रमण नियन्त्रणका लागि अझै एकहप्ता भन्दा धेरै समय लाग्ने बताएको छ । डाक्टर सहितका स्वास्थ्यकर्मी तथा औषधि सहितको टोली खटाएर संक्रमण नियन्त्रणका लागि सक्दो प्रयास गरेको सरकारले बताएको हो ।

जाजरकोटको महामारी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर हिजो फर्कनुभएका मुख्य सचिव लिलामणी पौडेलले पत्रकारहरु सँग कुरा गर्दै अहिले रोग घट्दोक्रममा रहेको र अबको हप्ता दश दिन भित्र महामारी नियन्त्रणमा आउने सक्ने बताउनुभयो ।

जाजरकोटको अवस्था बाहिर चर्चामा आएजस्तो नभएको भन्दै उहाँले संक्रमणको अवस्था भयावह नरहेको बताउनुभयो । जाजरकोटका छिमेकी जिल्लामा संक्रमण फैलिएको बारे अहिलेनै पुष्टि नभएको र संलन गरिएको नमुना परीक्षणपछि मात्रै त्यसको पुष्टि हुने उहाँले बताउनुभयो । बिरामीको नमुना संकलन गर्न सरकारी टोली आज कालिकोट जान बताईएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्