‘बाँच्नका लागि आफ्नै पिशाव पिएँ’ – ऋषि खनाल

<span class='c1'>‘बाँच्नका लागि आफ्नै पिशाव</span> <span class='c2'>पिएँ’ – ऋषि खनाल</span>

 

काठमाडौं, वैशाख १६

नेपालमा शनिबार आएको विनासकारी भुकम्पपछि चेपिएको ३ दिनपछि फ्रान्सेली र सशस्त्र प्रहरीको उद्धार टोलीले गोंगबुबाट ऋषि खनाललाई जिवितै उद्धार गरेको थियो। उद्दार पछि खनालले आफू बाँच्नका लागि पिशाव खाएको बताएका छन्।
उनले भने, ‘वरिपरी शव थिए, बाँच्नका लागि आफ्नै पिशाव पिएँ।’ उनले उद्धारका लागि सानो सानो ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान खिचेका थिए।
भूकम्पपछि पुरिएका एक युवकको ८२ घण्टापछि जिवितै उद्दार गरिएको हो। अर्घाखाचीका २८ वर्षीय ऋषि खनालको राति ११ बजे उद्दार भएका थिए।

अन्य दुई जना साथीसँग काठमाडौं आएका उनी गोंगाबु बसपार्कस्थित सयपत्री गेष्ट हाउसमा बसेका थिए। उनका अन्य दुई साथीको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्