आज बिहान मात्र तीन वटा भूकम्पका धक्का महसुस

<span class='c1'>आज बिहान मात्र तीन</span> <span class='c2'>वटा भूकम्पका धक्का महसुस</span>

काठमाडौँ, २० वैशाख । आज बिहान मात्र सिन्धुपाल्चोक, धादिङ र गोरखा केन्द्र भएर तीन वटा भूकम्पका महसुस भएका छन् ।  बिहान तीन बजेर २९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.५, ४ बजेर २४ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.० र ५ बजेर ४७ मिनेट जाँदा गोरखा केन्द्र भएर ४.० रिक्टर म्याग्निच्युड स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

यससँगै गत शनिबारदेखि हालसम्म चार म्याग्निच्युड रिक्टर स्केलभन्दा माथिका १२८ भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मक रुपमा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पको धक्का विस्तारै न्यून हुँदै गएको छ । छ म्याग्निच्युड रिक्टर स्केलभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले ससाना धक्का आउँदा आत्तिनुपर्ने अवस्था छैन । ठूलो रिक्टर स्केलको भूकम्प आएको हुनाले ससाना धक्का महिनाँैसम्म जान सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्