३५ करोड रुपैयाँको लागतमा एक हजार घर बनाउने घोषणा

<span class='c1'>३५ करोड रुपैयाँको लागतमा एक</span> <span class='c2'>हजार घर बनाउने घोषणा</span>

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पपीडितहरुका लागि ३५ करोड रुपैयाँको लागतमा एक हजार घर बनाउने घोषणा गरेको छ । एनआरएनएले  काठमाडांैमा पत्रकार सम्मेलन गरी भूकम्प प्रभावित ८ वटा जिल्लामा ३५ करोड रुपैयाँ खर्च गरेर एक हजार वटा घर बनाउने घोषणा गरेको हो । एनआरएनएका अध्यक्ष शेष घलेले अप्राकृतिक रुपमा भइरहेको बसाईंसराईं रोक्नका लागि आफूहरुले भूकम्प प्रभावितहरुलाई भूकम्प प्रतिरोधात्मक र पर्यावरण मैत्री घर बनाइदिने निर्णय लिएको बताउनुभयो ।  एनआरएनएका अध्यक्ष घलेले भूकम्प प्रभावितहरुको राहत र पुनस्र्थापनाका लागि विभिन्न मुलुकमा १५ करोड रुपैयाँ संकलन भइसकेको भन्दै अपेक्षा गरेभन्दा उत्साहजनकरुपमा  सहयोग संकलन भएका कारण आफूहरु एक हजार घर बनाउने निर्णयमा पुगेको बताउनुभयो । उहाँका अनुसार कुन ठाउँमा कसरी घर निर्माण गर्ने भन्ने विषयमा एनआरएनएको समितिले इन्जिनियर, विज्ञ र सरकारी प्रतिनिधिसँग छलफल गरी प्रतिवेदन तयार पार्नेछ । त्यही प्रतिवेदनका आधारमा भूकम्प प्रभावित विपन्न तथा न्यून आय भएका परिवारको छनोट गरी घर निर्माण गरिने एनआरएनएले जनाएको छ । एनआरएनएले विभिन्न जिल्लाका भूकम्प प्रभावितहरुलाई पाल, खाद्यान्न, औषधिलगायतको राहतसमेत वितरण गरिरहेको छ ।

 

Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्