चुरोटको आगोले गयो ज्यान

चुरोटको आगोले गयो ज्यान

आगलागीबाट बझाङमा एक युवकको मृत्यु भएको छ । चुरोट सेवन गर्ने क्रममा नजिकै रहेको पराल र खरमा आगो सल्किएपछि कफलसेरी गाविस–३ का २८ वर्षीय प्रविन भण्डारीको आज मृत्यु भएको हो ।

आफ्ना सालाको विवाह जन्तीबाट फर्किने क्रममा बीच बाटोमा रहेको खाली घरमा बसेर चुरोट सेवन गर्न खोज्दा छेउमै रहेको परालमा आगो सल्किँदा आगलागी भएको हो । मादक पदार्थसमेत सेवन गरेका भण्डारीले सबै जन्तीलाई अगाडि जान भनेका थिए । आफू चुरोट सेवन गरेर विस्तारै आउँछु भनेका उनले अबेरसम्म नआएपछि खोजतलास गर्दा मृत भेटिएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी जलिरहेका भण्डारीलाई देखेपछि प्रहरीले आगो नियन्त्रणको प्रयास गरे पनि उनलाई बचाउन नसकेको बुङ्गल प्रहरी चौकीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले जानकारी दिनुभयो ।

Onlinepatrika

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्