नेपाल टेलिकमले २५ करोड रुपैयाँ राहत

नेपाल टेलिकमले २५ करोड रुपैयाँ राहत

नेपाल टेलिकमले भूकम्प प्रभावितहरुको राहत र पुर्नस्थापनाका लागि सरकारलाई २५ करोड रुपैयाँ दिइ सम्पदा र सरकारी विद्यालयको पुनर्निमाणमा एक अर्ब रुपैयाँ खर्च गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल टेलिकमले भूकम्प प्रभावितहरुको राहत र पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ करोड रुपैयाँ दिएको हो । टेलिकमका सञ्चालक समितिका अध्यक्ष रहेका सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले प्रधानमन्त्री सुशील कोइरालालाई २५ करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । प्रधानन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमका कर्मचारीहरु र सञ्चालक समितिमा सदस्यहरुका तर्फबाट अलग्गै सहयोग गरिएको छ । टेलिकमले कर्मचारीहरुका तर्फबाट २ करोड ७५ हजार ४ सय ७४ रुपैयाँ र सञ्चालक समितिका सदस्यहरुका तर्फबाट तीनवटा बैठकको भत्ता बराबर ८१ हजार ६ सय रुपैयाँ प्रदान गरेको छ । टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सहयोग रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभयो । टेलिकमले ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचनाहरुमध्ये प्राथमिकताका आधारमा काठमाडांैको धरहरा, गोरखाको मनकामना मन्दिर, काठमाडौंको स्वयम्भुनाथ तथा ललितपुर र भक्तपुर दरबार स्क्वायर तीन वर्षभित्र बनाउने र त्यसका लागि १ अर्ब रुपैयाँ खर्च गर्ने प्रतिबद्धता जनाएको छ । टेलिकमले एक अर्ब रुपैयाँको परिधिभर रही भूकम्पबाट अति प्रभावित क्षेत्रका सरकारी विद्यालयको पुनर्निर्माण गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्