खेलाडीले टहरा बनाइदिने

<span class='c1'>खेलाडीले टहरा</span> <span class='c2'>बनाइदिने</span>

युवा तथा खेलकुद मन्त्रालयले भूकम्पपीडित सर्वसाधारणलाई अस्थायी बसोबासको व्यवस्था गर्न टहरालगायत ओत लाग्ने स्थान निर्माण गर्न खेलाडी र खेल पदाधिकारीलाई परिचालन गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा आज उक्त मन्त्रालयमा भएको बैठकले भूकम्पबाट जिल्लाका खेलकुद संरचनामा भएको क्षतिको विवरण तथा ती संरचना सञ्चालनका निम्ति कार्ययोजनासमेत बनाउने निर्णय गरेको छ । बैठकले भूकम्पपीडितको सहयोगार्थ मन्त्रालय र मातहतका कार्यालयबाट सहायता रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय पनि गरेको छ । रासस -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्