पाच/दस वर्षमा असाधारण मानवीय क्षति (विष्लेशण)

पाच/दस वर्षमा असाधारण मानवीय क्षति (विष्लेशण)

 

नेपालमा भएका विभिन्न आन्दोलन र प्राकृतिक विपत्तिबाट असाधारण मानवीय क्षति हुने गरेको छ । प्रायः राजनीतिक आन्दोलन र प्राकृतिक विपत्तिबाट मृत्यु हुनेहरु गरिब, उत्पीडित र पिछडिएका समुदाय पर्ने गर्छन् । तीन साता अघी गएको विनाशकारी भूकम्पबाट ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सर्वसाधारण नागरिक धेरै छन् । जनताले सधैँ विभिन्न आन्दोलन र प्राकृतिक विपत्तिको शिकार हुनु परेको छ । २००७ सालमा भएको आन्दोलनमा गरिब, निमुखा जनताकै मृत्यु भयो । राणा सरकारको विरुद्धमा गरिएको आन्दोलनमा उच्चतह र शासकत्वको कुनै विनाश भएन । प्रजातन्त्रका लागि गरिएको आन्दोलनमा सर्वसाधारणले मृत्युवरण गर्नुपर्यो । २०१५ सालमा भएको दलीय चुनावमा नेपाली कांग्रेसले अत्याधिक मात्रामा विजय हासिल गर्यो । जन निर्वाचनमा कांग्रेसले विजयी हासिल गरेपछि धेरै जनधनको क्षति हुन पुग्यो । कांग्रेससँग डराउनुपर्ने अवस्था रहेकाले विपक्षीले विरोध गरिरहँदा सयौँले साहदत प्राप्त गरे । त्यहाँ पनि सर्वसाधारण नागरिक नै शिकार भए । २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि कांग्रेस र कम्युनिष्ट निर्वाचिन भए । त्यसबेला पनि भएको आन्दोलनमा सर्वसाधारण जनताले नै मृत्यु स्वीकार गरे । ०२२ देखि २०२६ सालसम्म भएको झोडा आन्दोलनमा पनि गरिबकै मृत्यु भयो । विभिन्न अधिकार प्राप्त गर्ने सन्दर्भमा गरिएका आन्दोलनको इतिहासलाई फर्केर हेर्दा अहिलेसम्म गरिब जनताबाहेक कसैले पनि मर्नु परेको छैन । २०२८ सालमा भएको झापा विद्रोहमा कम्युनिष्टका कार्यकर्ता मारिए । धेरै धनजनको क्षति भयो । यस्ता राजनीतिक आन्दोलन र पञ्चायती व्यवस्थाले गर्दा गरिब जनता विस्थापित भए । धेरैको सिउँदो पुछियो । धेरै निर्वासन भए । कैयौँ टुहुरो भए । त्यहाँ पनि गरिबकै बेहाल भयो । अझै पनि उनीहरुको घाउ आलै छ । २०३६ सालमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फीभर अलिभुट्टोलाई प्रजातन्त्रको पक्षमा उभिएको भन्दै फाँसी दिइयो । संसारभर त्यो घटनाले प्रभाव पार्यो । प्रजातन्त्रको पक्षमा आन्दोलनरत धेरै मानिसले घटनाको विरोध गर्दा आन्दोलन चर्कियो । नेपालमा पनि त्यसको प्रभाव पर्याे । आन्दोलनका क्रममा सयौँ नेपालीले मर्नुपर्यो । २०४२ सालमा कांग्रेसले सत्याग्रह आन्दोलन गर्यो । प्रजातन्त्र पुनस्र्थापनाका लागि चलाइएको आन्दोलनका बेला काठमाडौँमा जताततै बम ब्लास्ट भयो । तराईको भूमिगत पार्टीले बम ब्लास्ट गरेपछि कांग्रेसको सत्याग्रह आन्दोलन तुहियो । त्यहाँ पनि जनता नै मरे । २०४६ सालमा संयुक्त जनआन्दोलन सुरु भयो । प्रजातन्त्र पुनर्वहालीका लागि सुरु भएको संयुक्त जनआन्दोलन पञ्चायत विरुद्ध थियो । संवैधानिक राजतन्त्रको स्थापनासँगै राजतन्त्र ढल्यो । संयुक्त जनआन्दोलनमा मृत्युवरण गर्ने पनि गरिब नै थिए । नेपालमा परिवर्तनको आन्दोलनमा लाग्ने प्रायः गरिब जनता मात्र सडकमा उत्रिएका छन् । उनीहरुकै उपस्थिपतिमा परिवर्तन भए पनि अन्त्यमा उनीहरु नै सुरक्षित छैनन् । २०५२ सालमा ४० सूत्रीय माग सहित माओवादीले आन्दोलन सुरु गर्यो । ०५४÷०५५ सालदेखि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले टाउकोको मूल्य तोके । हजारौँ नेपाली मारिए । सामाजिक अपराध बढ्दै गयो । हिंसा बढेपछि सर्वसाधारण सुरक्षित हुने अवस्था रहेन । धन–सम्पत्ति आफ्नो भन्ने अवस्था रहेन । माओवादीले राजावादी कि माओवादी अभियान चलायो । त्यो बेला विस्थापित भएकाहरु अझै हराइरहेका छन् । लामो समय शिक्षण पेसामा जीवन बिताएका शिक्षासेवी एवम् राजनीतिज्ञ खोदनाथ चापागाईंले नेपालको सम्पूर्ण परिवर्तनको आन्दोलनमा सामान्य मान्छेले मात्र पीडा भोग्नु परेको बताए । इतिहासका बारेमा जानकारी दिँदै चापागाईंले भने, ‘सर्वसाधारण जनताले स्वविवेक प्रयोग गर्नुपर्छ । कसैले प्रयोग गर्न नपाओस् ।’ सधैँ शिकार हुने गरिब नेपाली, वर्गीय हिसाबले प्रकोपसँग लड्ने अवस्था छैन । सम्पन्न परिवार प्रायः विपद्मा पर्दैनन् । ०६२÷०६३ को जनआन्दोलनमा सयौँले ज्यान गुमाए । शोषित पीडित समुदाय सडकमा उत्रिए । उनीहरुले नै साहदत पनि प्राप्त गर्नुपर्यो । यस्ता विभिन्न घटनाले सर्वसाधारण नै सुरक्षित नभएको सावित गरेको छ । उच्च वर्ग र सरकार पक्षले यस्तो घटनामा शिकार हुनै पर्छ भन्ने होइन । तर, त्यस्तै भएको छ । त्यसैले जनताको धनजनको संरक्षण गर्न राज्य पक्षले रचनात्मक योजना बनाउनै पर्छ । नभए हजारौँ वर्ष गरिब नेपाली पीडित बनिरहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्