पाँच सय रुपैयाँबाट कपाल काट्ने पसल खोलेर लखपति

पाँच सय रुपैयाँबाट कपाल काट्ने पसल खोलेर लखपति

 

तेजन खड्का

पवन हेयर सैलुन मोरङ उर्लाबारीको यो निकै चर्चित सैलुन हो । यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकहरूको लाइन देख्दा लाग्छ, सहरमा अर्को कुनै सैलुन छैन।

उर्लाबारीमात्र होईन,दमक पथरी र इटहराबाट पनि कपाल काट्न आउने को लर्को लाग्ने गर्छ उनकोमा ।
यो सैलुन चलाउने युवा हुन्,उर्लाबारी—४ का पवनदेव ठाकुर । दश वर्षअघि आफ्नो गोजीमा भएको पाँच सय रुपैयाँबाट सरसामान किनेर उर्लाबारी बरगाछीमा कपाल काट्ने व्यवसाय सुरु गरेका उनले अहिले उर्लाबारीमै लाखौँ मूल्यका घर बनाइसकेका छन् ।
तिन महिना दिल्लीमा कपाल काट्न सिकेर उर्लाबारीमा सैलुन खोलेका पवन अहिले काम भएन भनेर विदेशिने युवाहरूको लागि पनि गतिलो उदाहरण बनेका छन् ।

सुरुमा पढ्न नसकेर कपाल काट्न सिकेका उनले दशवर्षमै मनग्य कमाएनन मात्रै, आफ्ना भाइहरू अनि गाउँका अरु युवाहरुलाई पनि रोजगारी दिइरहेका छन् ।
उनको सैलुनमा पाँच जनाले कपाल काट्ने काम गर्छन् । तर पनि कुर्सी एक छिन नि खाली हुँदैन कैँची चलाउन व्यस्त उनलाई कसैले हेर्न पनि फुर्सद थिएन् । पालै दिन मुश्किल हुन्छ, ग्राहकहरू फोन गरेर आउनुहुन्छ,मेहेनती पवनले भने ।
हुन पनि त्यहाँ पालो नपाए बरु, केही दिन कुर्छन ग्राहक । तर त्यहाँ कपाल काटिरहेकाहरू सित्तिमित्ति अन्यत्र जाँदैनन् ।
काम सानो ठूलो लाग्दैन उनलाई । भन्छन्,काम त कामै हो नि, सानो ठूलो केही हुँदैन, त्यो बुझ्नेहरूमा भर पर्छ । पहिले मलाई गिज्याउने धेरै थिए,सुरुवाति दिन पवनले सम्झिए,तर उनीहरू नै अहिले मेरो गुनगान गर्छन्,बरु क्या प्रगति गर्याछस भन्छन् ।
पवनका सामान्य मान्छेदेखि ठुलाबडा सबै आउछन् । इप्रका प्रहरी कार्यालय उर्लाबारीमा केहि बर्ष अघि एक युवा पक्राउ परेका थिए,प्रहरीहरुबाट ति युवालाई कपाल काट्न भनियो । ति युवाले प्रहरीलाई भनेछन्,म पवनको कपालमा काट्छु । अरु ठाउँ काट्दिन् ।

ति युवालाई कपाल काट्न प्रहरीले पवनकोमा लगिदिए । पवनले राम्रो कपाल काटेको देखेर पछि प्रहरी आफै पवनकोमा जान थाले । पवनले भने, प्रहरी आफै कपाल काट्न आउँदा खुशी लागेको थियो ।
सैलुनमा भेटिएका मोरङ इटहरा सोमबारेका खगोल न्यौपाने पवनको कपाल कटाई नै राम्रो लाग्ने बताउछन् । भन्छन्,पवन बाहेक अरुसँग कपाल काट्दा चित्त नै बुझ्दैन् ।
आजभोलि उनले दैनिक चाररपाँच हजारको हाराहारीमा कमाउँछन् । विहान ६ बजेदेखि राति ८ बजेसम्म समेत खाना खाने फुर्सदै हुँदैन । काममै जोतिइरहेका हुन्छन्,पवन ।

अहिले थुप्रै संघसंस्थाहरू पनि उनलाई कपाल काट्ने तालिम दिनुर्पयो भन्दै अफर गरिरहेका छन् । तर आफ्नै पसलमा आफ्ना ग्राहकको कपाल काट्नै भ्याइएको छैन्,उनले भने,यहाँ पालो नपाएर, पालो मिचियो भनेर ग्राहकहरू झगडै गर्छन् । तर पनि उनले केहीलाई भने तालिम दिएका छन् । आफ्नै सैलुनमा अनि संघसंस्थाहरू मार्फत पनि उनीहरू पनि अरु ठाउँमा यस्तै पसल खोलेर बसेका छन् । उनले सन्तोष मान्छन्,यस्तो आफूले सिकाएकाहरूले पनि प्रगति गरेको देख्दा खुसी लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्