एकैघरमा ५ जना अपाङ्ग भएकालाई घर बनाउन सुरु

एकैघरमा ५ जना अपाङ्ग भएकालाई घर बनाउन सुरु

 

तेजन खड्का
उर्लाबारी असार ९ गते । मोरङको इटहरा—७ स्थित सिक्कीमेटोलमा ५ जना सुस्तमनस्थितीका छोराछोरी भएका परिवारलाई सोहि गाविसका गुरागाई परिवारले पक्की घर बनाईदिने भएका छन् ।

तुलसीराम ढुङगाना र सृजना ढुङ्गनाका पाँचजना सुस्त मनस्थितीका छोराछोरीको लागि इटहरा—४ भौडाहाका कमलादेवी गुरागाई र डिल्ली गुरागाईले घर बनाईदिने भएका हुन् ।

बरन्डा सहित तिनकोठे टिनको छाना लगाएर पक्की घर बनाउन सुरु गरिएको घर निर्माण दाता डिल्ली गुरागाईले जानकारी दिएका छन् । बिदेशमा रहेको छोरा सुर्य गुरागाईको सहयोगमा हामीले ८ लाख मुल्य बराबरको घर बनाउन सुरु गरेका छौ,बाबु डिल्लीले भने,सो भन्दा माथि खर्च निस्कीयो भनेपनि हामी घर बनाईदिन्छौ । घर बनाउनको लागि पिलर गाडीसकेर ढलाई सुरु गरिएको छ । गुरागाईले बिभिन्न सञ्चारमाध्यममा ढुङ्गना परिवारको दुख बारे सञ्चारमाध्यमबाट थाहा पाएपछि सहयोग गरेको बताए ।

आफ्नै कार्यकर्ता पो रहेछन्

‘तुलशीराम ढुङ्गना मेरै कार्यकर्ता हुन्,मलाई प्रधानपञ्चमा जिताउन उहाँले २०३५ सालमा अहोरात्र खटेर सघाउनुभएको थियो,तर मलाई उहाँको परिवारमा यस्तो छ भनेर थाहा थिएन्,उनले भने,‘हामी इटहराबाट बसाई बिराटनगर काठमाडौं गयौ, समाचार सुनेर बुझ्दा आफ्नै कार्यकर्ता हुन भन्ने थाहा भयो ।
त्यतिबेला मलाई यस्तो पिडा छ भनेर थाहै भएन् । उहाँले पनि सुनाउनुभएन् । ’
गुरागाईले तुलशीरामलाई के सहयोग चाहिन्छ भनेर सोधेका थिए । तुलशीरामले छोराछोरीलागि घरको आवश्यक छ भनेर दर्शाएका थिए ।
तुलशीराम ढुङ्गनाले घरनिर्माण गर्ने दाता गुरागाई परिवारलाई आभार प्रकट गरे । तुलशीरामले भने,घर बनेपछि छोराछोरीलाई हेरचाहमा सहज हुनेभयो ।
तुलशीरामको काठको घर पुरानो र मक्कीएको थियो ।

ढुङ्गना दम्पतीका छोरीछोरी ३७ वर्षीय निर्मला, ३५ वर्षीय निर्मल, ३१ वर्षीय उमेश, २२ वर्षीय पार्वता र २० वर्षीय गोमा जन्मजात सुस्तमनस्थिती जन्मिएका हुन् । भोक लाग्यो, दिसापिसाब लाग्यो भन्न जान्दैनन ,उनले भने, आफ्नै घाउ कोट्याएर खान्छन् । महिनावारी हुँदाको फोहोरमै खेल्छन ।
शारीरिक तथा मानसिकरुपमा समते अपाङ्ग बनेका छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनवारले खाने बस्तु नचिन्ने, घरका सामान तोडफोड गरिदिने र जहाँ पायो त्याही बस्ने, दिशा पिसाब गरेको पनि थाहा नपाउने आमा सृजना ढुङगानाले बताईन् ।
पाँचैजना छोराछोरी जन्मजात सुस्त मनस्थितिका हुन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न । यी विरामी दम्पत्तिले छोराछोरीका लागि भएभरका सम्पत्ति सकिसकेका छन् । खाना खुवाए देखि दिशा पिसाब गर्दा समेत अपाङ्ग छोराछोरीलाई साथ दिनुपर्ने बाध्यता छ । छोराछोरीलाई सम्हाल्दै यी दम्पत्तिले छरछिमेक र आफन्तको निम्ता मान्न पनि जान पाउँदैनन् । कहिले काहि त खाना छरेर हैरान पार्छन् ।

गोल्छाले ढाटिनमात्र
समाजसेवी महिलाको पहिचान बनाएर नेकपा एमालेबाट समानुपातिक सभासद् बनेकी राज्यलक्ष्मी गोल्छाले ४ वर्षपहिले घर बनाईदिने आश्वसन दिएकी थिईन् ।
गोल्छाद्वारा ०६८ साल फागुन ७ गते साइत हेराई घरको शिलान्यास समेत गरी
खाडलसमेत खन्ने काम भएको थियो । भएको कागती फाँडियो, बाहुन ल्याएर शिलान्यास पनि गराइन, सिर्जनाले भनिन् त्यसपछि फर्केर आईनन् ।

गोल्छाले घर बनाईदिने बचन दिएको समाचार धेरै तिर आयो तर घर बनाईदिनन्,तुलशीरामले भने ।

‪#‎यो‬ पढ्नुहोस ‪#‎पुरानै‬ समाचार भएपनि

हे दैव ! कुन् जन्मको सजाय दियौ हामीलाई
अपाङ्रग अधिकारको कुरा गर्ने ढाँटेको गुनासो

तेजन खड्का

२३ औं विश्व अपाङ्ग दिवस देशभरी मनाइरहादा मोरङ इटहरा-७ सिक्किमे टोलका अपाङ्ग परिवार भने बेखबर छ । अपाङ्गहरुको हितमा काम गर्ने संस्थाहरु व्यानर र प्लेकार्डसहित सडकमा निस्किरहादा उनीहरुले भोग्नुपरेको दुःखमा भने कसैले मलम लगाउन चासो दिएको छैन ।
अपाङ्गहरुको क्षेत्रमा क्रियाशील संस्थाहरुले लाखौं बजेट खर्चेर मनाइरहेका दिवसका समाचार रेडियो टिभीमा हेर्दा उनीहरुलाई आलो घाउमा नुनचुक छर्केजस्तै पीडा हुन्छ । ६३ वर्षीय तुलसीराम ढुङ्गाना र ४६ सृजना ढुङ्गनाका पाँचजना अपाङ्ग छोराछोरीलाई कुनै पनि संस्थाले अहिलेसम्म फर्केर हेरेका छैनन् । ढुङ्गाना परिवारका २ छोरा र ३ छोरीले कम्ता कष्टपूर्ण जीवन बिताउनुपरेको छैन ।

शारीरिकरुपमा अपाङ्ग भएकाहरु ३६ वर्षीय निर्मला, ३४ वर्षीय निर्मल, ३० वर्षीय उमेश, २१ वर्षीय पार्वता र १९ वर्षीय गोमाले सानै उमेरदेखि यस्तो कष्टपूर्ण जीवन जिउनु परेको हो । जन्मेको केही महिनापछि नै बाबुआमाले आफ्ना छोराछोरी अरु जस्तै सामन्य नहुने बुझिएसको थिए । भनिन्छ, छोराछोरी भनेका बुढेसकालका लौरो हुन्, तर यी ढुङ्गना दम्पतीको हकमा भने यो उखान उल्टो भएको छ । यी दम्पत्तिको दिनरात अपाङ्ग छोराछोरीको स्याहार गर्दैमा वित्छ । यी दम्पत्ति ५ जना छोराछोरीका गोठालोसरह भएका छन् ।
शारीरिक तथा मानसिकरुपमा समते अपाङ्ग बनेका छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनवारले खाने बस्तु नचिन्ने, घरका सामान तोडफोड गरिदिने र जहाँ पायो त्याही बस्ने, दिशा पिसाब गरेको पनि थाहा नपाउने आमा सृजना ढुङ्गानाले बताउनुभयो ।
‘५ जना अपाङ्ग छोरा छोरी स्याहार्दै आफ्नो १० कठ्ठा खेत पनि कमाउन सकिएको छैन’, आमा सृजनाले भावुक हुदै भन्नुभयो, ‘यो १० कठ्ठा जमिनले पनि खान पुग्दैन । छोराछोरी स्यहार्दै दिन वित्ने भएकाले खेत अधिंया दिएका छौं ।’
ढुङ्गाना दम्पती मध्ये तुलसीराम ६६ वर्षका हुनुहन्छ भने सृजना ४६ वर्षकी । अपाङ्ग छोराछोरी स्याहार्ने दुवैजना पनि आफैंमा स्वस्थ छैजन् । ‘शरीरमा बल हराइसकेको छ, म चिनी र क्षयरोगबाट पीडित छु’, तुलसीरामले भन्नुभयो, ‘मेरी पत्नीको पाठेघरको अप्रेशन गरिएको छ, दुवैजना रोगी भएकाले छोराछोरी सम्हाल्न गाह्रो भयो ।’

पाँचैजना छोराछोरी जन्मजात सुस्त मनस्थितिका हुन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न । यी विरामी दम्पत्तिले खाना खुवाए देखि दिशा पिसाब गर्दा समेत अपाङ्ग छोराछोरीलाई साथ दिनुपर्ने बाध्यता छ । छोराछोरीलाई सम्हाल्दै यी दम्पत्तिले छरछिमेक र आफन्तको निम्ता मान्न पनि जान पाउँदैनन् ।
‘एकक्षण छोड्यो भने खानेकुरा समेत पोखिदिन्छन्, खाना पनि समातेर खुवाउनु पर्छ’, तुलसीरामले भन्नुभयो, ‘पाँचजनालाई एकैपटक खुवाउन सकिन्न, अब त ज्यानमा तागत पनि छैन, अबका दिनमा यीनलाई कसले स्याहारिदेला दैब ।’
सरकारबाट सहयोग पाए छोराछोरीलाई पाल्न सहज हुने ढुङ्गना दम्पत्तिले आशा पालेका छन् । ‘हाम्रा छोराछोरीको विजोग देखेर कठैबरी भन्ने मात्र छन्’, सृजनाले भन्नुभयो, ‘संघ संस्थाका व्यक्तिहरु चिल्ला गाडी लिएर आउँछन्, सहयोगका मिठा लड्डु बाँड्छन तर आजसम्म कसैले एक पैसो सहयोग गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्