आत्मनिर्भर बन्दै ताप्लेजुङका महिला

आत्मनिर्भर बन्दै ताप्लेजुङका महिला

ताप्लेजुङ, असार १३ – ताप्लेजुङका महिला विभिन्न कृषि पेशा गरेर आत्मनिर्भर बन्दै गएका छन् । गाउँमा रहेका महिला कसैले कुखुरा पालन गरेका छन् भने कसैले तरकारी उत्पादन खेती । पुरुष विभिन्न पेशा अंगालेर अन्यत्र वा वैदेशिक रोजगारीका लागि गएपनि महिला भने तरकारी उत्पादन र कुखुरा तथा बंगुर पालनबाट आत्मनिर्भर बन्दै गएका छन् ।

महिलाहरुले गाउँमा विभिन्न महिला समूह बनाएर महिनाको १० देखि १०० रुपैयाँसम्म बचत गर्ने गरेका छन् । बचत गरिएको रकम आय आर्जनका विभिन्न काममा लगानी गर्ने गरेको ताप्लेजुङ नगरपालिका–७ की तुलामाया गुरुङले बताउनुभयो । सन् २०१२ देखि सञ्चालित सुआहारा कार्यक्रमले आमाको स्वास्थ्यलाई मध्यनजर गरी जिल्लाका प्रत्येक गाविसका महिलालाई संगठित गर्दै कुखुराका चल्ला,  तरकारीका बिउ तथा अन्य सामग्री समेत वितरण गर्दै आएकोले धेरै महिलालाई आय अर्जन गर्न सहज भएको छिरुवा आमा समुहकी अध्यक्ष मेलिना लिम्बुले बताउनुभयो ।

कुखुरा पालन गरेका महिला कुखुराले दिएको अण्डा र मासु बिक्री गरे खर्च कटाएर महिनाको १० देखि १५ हजार रुपियाँसम्म आम्दानी हुने गरेको बताउँछन् । कुखुरालाई उचित दानापानी र उचित औषधि उपचार चाहिन्छ । कुखुरामा लाग्ने रोगहरुको निदान गर्न रानीखेतको खोप लगाउन अनिवार्य छ भन्ने थाहा पाएपनि कसरी कहाँ सम्पर्क गरेर लगाउनु पर्छ भन्ने थाहानहुँदा समस्या हुने गरेको महिलाहरुले बताएका छन् । आफूहरुले यस सम्बन्धी तालिम पाएमा अझै राम्रो गर्न सक्ने उनीहरुको विश्वास छ । तर जिल्ला पशुसेवा कार्यालयले कुनै चासो नदेखाउँदा आफूहरुलाई समस्या भएको महिलाहरुको गुनासो छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्