जिविसलाई कुरीकुरी बसले जोत्यो, किसानले रोपे

जिविसलाई कुरीकुरी बसले जोत्यो, किसानले रोपे

 

सरोज भट्टराई
लीलाराज झापाली

दूधे । मुलुकमा असार १५ लाई आआफ्नै ढंगबाट मनाइएको छ । तर, झापाको चन्द्रडाँगीका किसानले सडकमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाएका छन् । यातायात व्यवसायीले जोते भने किसानले रोपेका छन् ।
किसानलाई यातायात व्यवसायीले पनि सहयोग पुर्याएका थिए । सामुहिक रुपमा बेठी लगाएर पञ्चेबाजा सहित धान रोपेर धान दिवस मनाइने गरिए पनि चन्द्रडाँगीमा भने फरक दृश्य पाइयो । दूधे शिवगञ्ज सडक खण्डको संरचना सुधार नभएपछि स्थानीय किसानले सडकमै धान रोपेर विरोध जनाएका छन् । पटकपटक आन्दोलन गर्दा पनि सडक नबनेपछि उनीहरुले सडकै धान रोप्न बाध्य भएका हुन् ।
दूधेबाट शिवगञ्ज बजारसम्मको सडकमा सवारीसधान चलाउन सडक हिलम्मे भएकाले यातायात व्यवसायी आन्दोलित हँुदै आएका छन् । गत जेठ २८ गते व्यवासयीहरुले सडक स्तरोन्नतीको माग राख्दै सडक बन्द गराए पनि यात्रुहरुले गाडी चलाउनु पर्ने माग राखेपछि गाडी चलाउन बाध्य भएको मेची यातायत व्यवसयी संघका सदस्य विनोदकुमार तिम्सिनाले बताए । उनले हामीले स्थानीय विकास अधिकारीसमक्ष डेलिकेसन गएपनि उहाँले ठेक्का लागिसकेको छ काम हुन्छ भनी फर्काएको बताए ।
सो बाटोमा यातायात व्यवसायी संघबाट सञ्चालित दैनिक १० वटा बस र १२ वटा ट््याक्सी गरी अन्य ५० भन्दा माथि सवारी साधन सञ्चालनमा छन् । यातायात व्यवसायी संघ सवारी चालक राम विमली भन्छन्–‘दूधेबाट शिवगञ्ज पुगेर फर्कंदा गाडी ग्यारेजमा पु¥याउनु पर्छ । बाटोकै कारणले गाडीमा धेरै टुटफुट आउने गर्दछ ।’ यी एक उदाहरण पात्र मात्र हुन् । यहाँका अधिकांश सवारी चालकको पीडा एउटै छ ।
कतिपय यात्रुले त सडक खाल्डा भएकोले गाडी तल माथि गर्दा सवारी चालकलाई गाली समेत गर्ने गरेका छन् । ‘बाटोकै अवस्थाले हामीलाई धेरै किसिमका पीडा खप्न बाध्य छौं’, अर्का सवारी चालक हरिकृष्ण घिमिरे बताउँछन् ।
यहाँका स्थानीयबासी भन्छन् – सरोकारवालाहरुको कमजोरीका कारणले नै सडक बन्न नसकेको हो । सरकारी निकायबाट सडक चाँडै बन्छ, ठेक्का लागि सकेको छ भनेको एक वर्ष बितिसक्यो तर कहिलेदेखि सुरु हुन्छ भन्ने कुरामा भने सबै अनविज्ञ नै छन् ।
झापा दक्षिणी भेगका शिवगञ्ज, बैगुनधुरा, कोरोबारी, महाभाराका सर्वसाधारण लगायत स्थानीयबासी सोही बाटोबाट आफ्नो गन्तव्य जाने गर्छन् ।
राष्ट्रिय धान दिवसको अवसर पारेर झापाको धरमपुरमा सामुहिक रोपाई गरिएको छ । अखिल नेपाल किसान महासंघ जिल्ला समिति झापाको आयोजनामा बाजागाजासहित सो धान रोपाई सम्पन्न गरेको हो ।
नेपाली समाजमा असार १५ गतेका दिन खेतमा रोपाई गरेर दही चिउरा खाने प्रचलनसँगै १५० रोपार, बाउसे सहितको स्थानीयबासी र नेकपा एमाले (पार्टी) कार्यकर्ता सहित भवानी नेपालको १ बिगाह खेतमा धान रोपिएको छ ।
कृषि प्रधान देश नेपालका कृषिजन्य बस्तुहरु उत्पादनमा धानलाई पहिलो स्थानमा मानिन्छ । त्यसैले रोपार्इंमा धेरै रोपाहार चाहिने भएकाले सामुहिक रुपले रोपाई गर्दा सामाजिक एकता र सद्भाव बढाउन ठूलो टेवा पुगेको नेकपा एमाले केन्द्रिय प्रतिनिधी परिषद् सदस्य देवेन्द्र दाहालले बताए ।
सामुहिक रुपमा नै धान रोप्ने भनेपछि सो स्थानमा बिहानै स्थानीयबासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेकपा एमाले क्षेत्रीय अध्यक्ष नारायण पोखरेलले पछिल्लो समयमा कृषि उत्पादन हुने क्षेत्रहरु प्लटिङ्गमा परिणत भएसँगै कृषि उत्पादन घट्दै गएको र सरकारले समयमा कृषकहरुलाई मल, विऊ विजन उपलब्ध नगराउँदा कृषि उत्पादन घट्नुको मख्य कारण हुन सक्ने भन्दै कृषि क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकता साथ हेर्नुपर्नेमा जोड दिए ।
रोपाइ कार्यक्रम नेकपा एमाले केन्द्रीय सदस्य हिकमत कार्कीले धानको बिउ रोपी उद्घाटन गरी शुरु गरेका थिए । किसान महासंघका लक्ष्मण पाठकको अध्यक्षमा भएको रोपाईमा, कृषक अगुवा बेनु शिवाकोटी, अनेम संघकी मेनुका काफ्ले, भोजकुमार नेपाल, खगमाया गजुरेल, एमाले झापाका सचिव मदन अधिकारी, होमबहादुर थापा, मणिकुमार भण्डारी लगायतको उपस्थिति रहेको थियो । रोपाईंमा सहभागी सबै रोपाहार बाउसे लगायत उपस्थितजनहरुलाई अखिल नेपाल किसान महासंघले दही चिउरा खुवाई बिदा गरेको थियो ।
कृषि प्रधान देश नेपालमा असार लागिसक्दा पनि पर्याप्त पानी नपर्दा अधिकांश खेतहरु बाँझै छन् । हालसम्म जम्मा ८ प्रतिशत मात्र रोपाइँ भएको छ ।
कृषि विकास मन्त्रालयका अनुसार नेपालका ७३ जिल्लामा करिब १४ लाख २५ हजार हेक्टर जमिनमा धान खेती हुन्छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । सबैभन्दा धेरै धान खेती झापामा हुन्छ भने सबैभन्दा कम मुस्ताङमा । नेपालको सबैभन्दा उच्चस्थानमा धान खेती हुने स्थान जुम्लाको छुमचौर हो ।
मनसुनी वर्षा ढिलो भएकाले समयमा रोपाइँ गर्न नपाउँदा यसपाली धान उत्पादन घट्ने अनुमान गरिएको छ । मौसम पुर्वानुमान महाशाखाले यसपाली कम पानी पर्ने घोषणा गरिसकेको छ । ढिला मनसुन सुरु हुँदा त्यसको असर खाद्य उत्पादनमा पर्दछ ।
नेपालमा गत वर्ष ४८ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा २ लाख मेट्रिक टन कम हो । यसपाली गत वर्षको भन्दा पनि कम धान उत्पादन हुने अनुमान गरिएको छ ।
कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले समयमा पानी नपर्दा ६ लाख ७७ हजार मेट्रिक टन कम धान उत्पादन हुने अनुमान गरिएको बताए ।
नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार किलो हुन्छ । पहिले पहिले नेपालबाट अन्य देशमा धान निर्यात हुन्थ्यो तर अहिले आयात गर्नुपर्ने अवस्था छ । नेपालमा उत्पादित धानले नपुग्ने भएकालले विदेशबाट वर्षेनी आयात गर्नुपर्ने बाध्यता आइपरेको हो ।
नेपालले प्रतिवर्ष १० लाख मेट्रिक टन धान आयात गर्छ । चालु आर्थिक बर्षमा भारतबाट १४ अर्ब रुपैयाँको धान आयात गरिएको कृषि मन्त्रालयको तथ्यांक छ ।
यसो हुनुमा युवा जनशक्ति पलायन, सीमित व्यक्तिका हातमा प्रचुर जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीकरण, आकाशे पानीमा निरर्भर, सिँचाइको अभाव, उन्नत जातका बिउविजन तथा मलखाद एवम् कृषि अनुदानको राम्रो व्यवस्था नहुनु, किसानले उचित मूल्य नपाउनु, सरकारी उदासिनता र शिक्षित वर्गबाटै कृषि पेसालाई उपहास गर्नु प्रमुख कारण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्