करोडपति सभासदले बनाउन नसकेको घर जनताले बनाईदिए

करोडपति सभासदले बनाउन नसकेको घर जनताले बनाईदिए

मोरङको इटहरा-५ स्थित सिक्कीमेटोलमा ५ जना सुस्तमनस्थितिका छोराछोरी भएका परिवारलाई सोहि गाविसका गुरागाई परिवारले पक्की घर बनाईदिने भएका छन्।

तुलसीराम ढुङगाना र सृजना ढुङ्गानाका पाँचजना सुस्त मनस्थितिका छोराछोरीको लागि इटहरा-४ भौडाहाका कमलादेवी गुरागाईँ र डिल्ली गुरागाईँले घर बनाईदिने भएका हुन्।

बरन्डासहित तीनकोठे टिनको छाना लगाएर पक्की घर बनाउन सुरू गरिएको घर निर्माण दाता डिल्ली गुरागाईँले जानकारी दिए। ‘बिदेशमा रहेको छोरा सूर्य गुरागाईँको सहयोगमा हामीले ८ लाख मूल्य बराबरको घर बनाउन सुरु गरेका छौ,’ बाबु डिल्लीले  भने, ‘सोभन्दा माथि खर्च निस्कियो भनेपनि हामी घर बनाईदिन्छौ।’

घर बनाउनको लागि पिलर गाडीसकेर ढलाई सुरु गरिएको छ। गुरागाईले ढुङ्गाना परिवारको दुःख बारे सञ्चारमाध्यमबाट थाहा पाएपछि सहयोग गरेको बताए।

आफ्नै कार्यकर्ता पो रहेछन्

‘तुलशीराम ढुङ्गाना मेरै कार्यकर्ता हुन्, मलाई प्रधानपञ्चमा जिताउन उहाँले २०३५ सालमा अहोरात्र खटेर सघाउनुभएको थियो, तर मलाई उहाँको परिवारमा यस्तो छ भनेर थाहा थिएन्,’ उनले भने,‘हामी इटहराबाट बसाई सरेर बिराटनगर/काठमाडौं गयौं, समाचार सुनेर बुझ्दा आफ्नै कार्यकर्ता हुन् भन्ने थाहा भयो।’

‘त्यतिबेला मलाई यस्तो पीडा छ भनेर थाहै भएन्। उहाँले पनि सुनाउनुभएन्,’ गुरागाइँले भने।

गुरागाईले तुलशीरामलाई के सहयोग चाहिन्छ भनेर सोधेका थिए। तुलशीरामले छोराछोरी लागि घरको आवश्यक छ भनेर भनेका थिए।

तुलशीराम ढुङ्गनाले घरनिर्माण गर्ने दाता गुरागाईँ परिवारलाई आभार प्रकट गरे। तुलशीरामले भने, ‘घर बनेपछि छोराछोरीलाई हेरचाहमा सहज हुनेभयो।’

तुलशीरामको काठको घर पुरानो र मक्कीएको थियो।

ढुङ्गना  दम्पत्तिका छोरीछोरी ३७ वर्षीय निर्मला, ३५ वर्षीय निर्मल, ३१ वर्षीय उमेश, २२ वर्षीय पार्वता र २० वर्षीय गोमा जन्मजात सुस्तमनस्थिति जन्मिएका हुन्।   ‘भोक लाग्यो, दिसापिसाब लाग्यो भन्न जान्दैनन्,’उनले भने, ‘आफ्नै घाउ कोट्याएर खान्छन्। महिनावारी हुँदाको फोहोरमै खेल्छन्।’

शारीरिक तथा मानसिकरूपमा समते अपाङ्ग बनेका छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनवारले खाने बस्तु नचिन्ने, घरका सामान तोडफोड गरिदिने र जहाँ पायो त्यही बस्ने, दिशा पिसाब गरेको पनि थाहा नपाउने आमा सृजना ढुङगानाले बताईन्।

पाँचैजना छोराछोरी जन्मजात सुस्त मनस्थितिका हुन्। आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न। यी विरामी दम्पत्तिले छोराछोरीका लागि भएभरका सम्पत्ति सकिसकेका छन्।  खाना खुवाएदेखि दिशा पिसाब गर्दा समेत अपाङ्ग छोराछोरीलाई साथ दिनुपर्ने बाध्यता छ। छोराछोरीलाई सम्हाल्दै यी दम्पत्तिले छरछिमेक र आफन्तको निम्ता मान्न पनि जान पाउँदैनन्। कहिले काहि त खाना छरेर हैरान पार्छन्।

गोल्छाले ढाटिन्‌ मात्र

समाजसेवी महिलाको पहिचान बनाएर नेकपा एमालेबाट समानुपातिक सभासद् बनेकी राज्यलक्ष्मी गोल्छाले ४ वर्षपहिले घर बनाईदिने आश्वासन दिएकी थिईन्।

‘०६८ साल फागुन ७ गते साइत हेराई घरको शिलान्याससमेत गरी खाडल खन्ने काम पनि भएको थियो। भएको कागती फाँडियो, बाहुन ल्याएर शिलान्यास पनि गराइन्,’ सिर्जनाले भनिन्, ‘त्यसपछि फर्केर आईनन्।’

Urlabaripage

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्