मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-नवराज पोख्रेल "नवशिला"
मुक्तक १
बुद्धिमा करौती अनि विवेकमा झम्पल बोकेर
बोलीमा ढिकी अनि व्यवहारमा ओखल बोकेर
आउँछन् झुक्याउन हामीलाई हरेक पाँच वर्षमा
भ्रष्ट दलाल सामन्तीहरु कपट अनि छल बोकेर।

मुक्तक २

बिर्सेर खराब,सोच्नुस् सकारात्मक इज्जत बदल्छ
भुलि विगतका चोट हिम्मत राख्नुस् खत बदल्छ
बन्नु हुँदैन निराश कहिलेकाहीँ असफल हुँदैमा,
निरन्तरको मेहनत र परिश्रमले किस्मत बदल्छ।

मुक्तक ३
जसरी बिहानी हुन निस्पट्ट अँध्यारो रात चाहिन्छ
प्रकृति सिँगार्न पनि त बगैँचा फूलपात चाहिन्छ
मेहनतले मात्र पुगिन्न लक्ष्य अनि सफलता सम्म,
हामीलाई साथी सहयोगी र गुरुको हात चाहिन्छ।

मुक्तक ४
जिन्दगीलाई जिन्दगी झैँ जिउन साँच्चै कठिन छ
न त समय सीमा र दायराकै यहाँ कुनै यकिन छ
थाहा छैन अझै पनि लक्ष्य हाम्रो यो जिन्दगीको,
यो सवाल अहिलेसम्म पनि जवाफ विहीन छ।

बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्