- मुक्ति घिमिरे
हे खुशी तँ त निष्ठुरी रैछस् ,
आज भोलि पराई कै मनमुटुमा गाछ्स्।
तेरा लागि त ती धनाड्य मात्र मान्छे रैछ्न् ,
हामी जस्ताका लागि त सपना मात्र भाछ्स्।
खुशी हेर त आज !
कसैलाई प्राणनै दिई मताउछ्स् ,
कसैलाई झिल्का नछाडी रुन बाध्य बनाउछ्स्।
साच्चै भन्दा खुसी तँ स्वार्थी भैछ्स्,
हे खुशी तँ त निष्ठुरी रैछ्स्।।
खुशी ,आज कति तँलाई पाउन बिदेशीदैछ्न्
त कति तेरै काँधमा रमाउदै बिदेशिन्छ्न्।
विचारेस त, कति सम्म दुरि बडाएको रैछ्स् ,
हे खुसी तँ त निष्ठुरी रैछ्स् ।।
भन्थे, साना कुरामा नि रमाउन सिक्नुपर्छ
तर त्यही सानो कुरा जुटाउन ठुलो देश जानुपर्छ।
हेर खुशी यो जुनिमा टाढै बसिस् बसिस् ,
अर्को जुनि निष्वार्थ सँगै रमाउनुपर्छ।।