नेपाल नै प्यारो

<span class='c1'>नेपाल नै</span> <span class='c2'>प्यारो</span>

-प्रशंशा सुनाम
नेपालीको मन भित्र नेपाल नै हुन्छ
देशभक्ति भावनाले नेपाल नै छुन्छ

उही घाम, उही पानी, उनै तारा जून
नेपालीको आस्था भन्छ नेपाली नै हुन
धर्तिलाई आमा भन्ने भावना छ हाम्रो
कर्मभूमि जहाँ बनोस् नेपाल नै राम्रो

सास फेर्ने स्वच्छ हावा सगरमाथा शिर
संजिवनी जडीबुटी पाइन्छ सबैतिर
प्रकृति र संस्कृतिमा रमाउने मन
माटो, ढुङ्गा, नदिनाला सबै हाम्रो धन

आफु भन्दा प्यारो हुन्छ आफ्नो जन्मभूमि
बाल बेला यहि खेल्थ्यौँ यहि घर्ती मुनि
देउरालीको पद चिन्ह पुछी मेटिन्छ र?
नेपाल जस्तो अर्को देश खोजी भेटिन्छ र?

दमक,झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्