तात्यो बिराटनगरै परदैन पानी
जाँदो छ रात अनिदो सपना खरानी
बढ्दो छ उष्ण हदनै जल प्यूनु ज्यास्ती
बग्दो छ देह भरिनै पसिना छ खानी
रन्क्यो घरै र सडकै थपिदो छ ज्वाला
बस्त्रै हटाउँ कि कसो, कि त चर्म तानी
पूर्वे वतास पनि लौ जब हुन्छ ठप्प
अत्तालिदै सकसले अनि रुन्छ नानी
नेपालको छ विजुली भरको त छैन
जाँदो छ नित्य किन हो सरमै नमानी
--वसन्ततिलका छन्द---