-झ्याउरे छ्न्द-
अभावले दूर देशको सहरमा फसें
भाग्य पनि कस्तो खोटो कहरमा फसें
विदेशमा ठूलो जागिर खाने सुर थियो
पाएँ काम माटो खन्न नहरमा फसें
गोरी एक वैँशे ढोइ नखरामा उत्री
लौन म त नखाएको जहरमा फसें
कुरा झिकी फूल पार्छे बोल्न पनि दिन्न
जे जे भन्छे मानी उस्कै ठहरमा फसें
आफ्नै देश फिरुँ भन्दा कहाँँ उस्ले दिन्छे
उस्कै जाली आँचलको लहरमा फसें
दुखी मन शान्त पार्न मधुशाला पसें
प्यूँदा प्यूँदै गजल् लेख्ने रहरमा फसें