“म नेपाल कि छोरी हु , मैले मेरो नेपाली नागरिकता त्यागेको छैन”- हर्षिका श्रेष्ठ

<span class='c1'>“म नेपाल कि छोरी हु , मैले</span> <span class='c2'>मेरो नेपाली नागरिकता त्यागेको छैन”- हर्षिका श्रेष्ठ</span>

नेपाली कला क्षेत्रमा स्थापित हुने क्रममा रहेकि नायिका हर्सिका श्रेष्ठले एकाएक भारतीय नागरिक प्रसुन झुनझुनवाला संग बिवाह गरिन र उतै बस्दै आएकी छिन । अहिले भारत र नेपालको सम्बन्धमा आएको तिक्तताको बारे हर्सिका के भन्छिन् , आवर बिराटनगरका बिबेक दाहालले उनिसंग गरेको छोटो कुराकानी :

१) हर्सिका जि तपाई भारतको बुहारी अनि नेपालको छोरी , अहिलेको नेपाल-भारत सम्बन्ध मा आएको तिक्तता देख्दा कस्तो लाग्छ ?
- यो निकै दुखको कुरा हो , यस्तो हुनु हुदैन थियो । सयौं बर्ष देखि रोटीबेटि सम्बन्ध रहेको देश बिच यस्तो हुदा मलाई निक्कै दुख लागेको छ ।

२) नेपाल र भारत मध्ये कुन देश प्यारो लाग्छ तपाईंलाई ?
- मलाई दुवैको उत्तिकै माया लाग्छ , यी सब राजनीतिक कारणले भएका घटनाक्रम हुन तर दुख जनताले पाएका छन ।

३) तपाईंको बिचारमा के कारणले यति राम्रो सम्बन्ध बिग्रेको हो ?
- यो सम्बन्ध भारतसँग भन्दा पनि मोदि जि संग बिग्रेको हो । मोदि जिको ईगोले गर्दा यो सब भएको हो ।

४) नेपालमा त अहिले भारत बिरोधी अभियाननै चल्न थाली सक्यो नि ? के भन्नुहुन्छ ?

- सर्वप्रथम त भारतले नेपालमा संविधान बन्दा खुसी हुनुपर्ने हो तर उल्टै भारतको कुरा नमानि संविधान बनायो भनेर नाकाबन्दी लगाउनु गलत हो । यतिका दिन सम्म नाकाबाट समान जान नदिदा नेपाली जनतालाई रिस उठ्नु स्वाभाविक हो  तर भारतीय जनता पनि यस्तो देख्दा खुसि चाहिँ छैनन् । नेपालमा भुकम्प जादा भारतले नै शुरुमा सहयोग पठाएको थियो ।

५) नेपालमा पेट्रोलियम पदार्थ साथै जीवन जोगाउन अत्यावश्यक अौषधी समेतको अभाव देखिन थालेको छ , यसमा के भन्नुहुन्छ ?
- यहाँ (भारत) बाट अौषधी पठाउदा पनि नेपाली नाकाबाट आन्दोलनकारी पक्षले जान दिएको छैन भन्ने समाचार आईरहेको छ । जीवन जोगाउने अौषधी जस्तो कुरामा राजनीति घुसाउनु गलत हो ।

६) नेपालमा मधेसी जनता पनि आन्दोलनमा छन , उनिहरुलाई के भन्नुहुन्छ ?
- म मधेसी नेता र जनतालाई सम्पूर्ण नेपालको बारेमा सोचेर काम गर्न आग्रह गर्छु किनभने मधेस भनेकै नेपालको भाग हो । देश बिकास भए सबै क्षेत्र र जनता बिकसित हुन्छन ।

७) तपाई अब आफुलाई नेपाली भन्नुहुन्छ कि भारतीय नागरिक  ?
- म नेपाल कि छोरी नै हु , मैले मेरो नेपाली नागरिकता त्यागेको छैन र त्याग्ने बिचार पनि छैन ।

८) अब यो समस्या समाधानको लागि के गर्नुपर्छ जस्तो लाग्छ तपाईंको बिचारमा ?
- यो समस्याको समाधान दुवै देशले मिलेर जतिसक्दो चाडै  निकाल्नु पर्छ , सर्वप्रथम त यति ठुलो पोस्टमा बसेको मानिसमा साधारण मान्छे जस्तो ईगोको लडाइँ गर्नु मुर्खता हो । सबै रिस भुलेर फेरि नयाँ र अझ बलियो सम्बन्ध बनाउन सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्