विद्यालयबाटै प्राविधिक शिक्षा

<span class='c1'>विद्यालयबाटै प्राविधिक</span> <span class='c2'>शिक्षा</span>

सरकारले विद्यालयस्तरदेखि नै प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले देशभरका केही विद्यालयमा प्राविधिक शिक्षा सुरु गरेको छ । सो कार्यक्रमअन्तर्गत नै बहिरा बालबालिकाहरुलाई प्राविधिक विषय पढाउने देशकै एकमात्र विराट बहिरा माध्यमिक विद्यालयलाई एसएलसीपछि भने दश जोड दुई पढाउन समस्या भएको छ । गत वर्षदेखि प्राविधिक विषय पढाउन सुरु गरेको विराटनगरस्थित सो विद्यालयका बालिकालिकाहरुलाई उच्च शिक्षा कहाँ पढ्ने भन्ने समस्या भएको छ ।
विराटनगरस्थित बहिरा माध्यमिक विद्यालयले बहिरा बालबालिकाहरुको क्षमता विकास र सहज किसिमले रोजगारी पाउन् भन्ने उद्देश्यले अघिल्लो वर्षदेखि प्राविधिक शिक्षा कार्यक्रम लागू ग¥यो । तर, कक्षा दशसम्म मात्रै अध्ययनका लागि अनुमति पाएको विराट बहिरा माविका बालकालिकाहरुमा बाँकी पढाइ कसरी पूरा गर्ने भन्ने अन्योलता छाएको छ । सुन्न र बोल्न नसक्ने बहिरा बालबालिकाहरुलाई विद्यालयभन्दा बाहिर गएर पढ्नका लागि दोभाषे, पाठ्यसामग्री र बजेटसमेत अभाव भएकाले एसएलसीपछि पढाइ कसरी पूरा गर्ने भन्ने समस्या भएको हो ।
सांकेतिक भाषामा पढाउनुपर्ने भएपछि अरुतिर सो सुविधा नभएको र विद्यालयमै दश जोड दुई नहुँदा अब के गर्ने भन्ने अन्योलता छाएको विद्यार्थीहरु गुनासो गर्छन् । दाताहरुको सहयोगमा सञ्चालनमा आएको यो विद्यालयमा देशभरकै बहिरा बालबालिकाहरु अध्ययन गर्ने गर्छन् । माध्यमिक तहसम्म मात्रै अध्ययन हुने हँुदा विद्यार्थीहरुको भविष्य नै अन्योलमा परेको विद्यालयकी प्रधानाध्यापक मीना अधिकारीको गुनासो छ । आर्थिक अभावका कारण आफूहरुले उच्च शिक्षाका कार्यक्रम लागू गर्न नसकेको गुनासो गर्दै उहाँले सरकार र दाताहरुले सहयोग गरे बहिरा बालबालिकाहरु पढ्नबाट वञ्चित नहुनुपर्ने बताउनुभयो ।
यता, क्षेत्रीय शिक्षा निर्देशनालाय धनकुटाका उपनिर्देशक टंक गौतमले फरक क्षमता भएका वालबालिकाका लागि प्राविधिक शिक्षा प्रदान गरेर सक्षम बनाउने काम राम्रो भएपनि उच्च शिक्षाको अध्ययनको व्यवस्था कसरी गर्ने भन्ने समस्या भइरहेको बताउनुभयो । यस विषयमा आफूहरुले समेत पहल गरिरहेको उहाँको भनाइ छ ।
विद्यालयमा पूर्वाञ्चललगायत १८ जिल्लाका १ सय ५१ जना बालबालिकाहरु अध्ययनरत छन् । जसमा ७४ जना छात्र र ५३ जना छात्रा अध्ययनरत छन् । अवसर पाए अपाङगता भएका व्यक्तिहरु पनि सपाङ्ग जतिकै सक्षम हुन्न सक्छन् । बोल्न नसके पनि दिमाग र हातको सीप प्रयोग गर्दै प्राविधिक शिक्षा अध्ययन गरिरहेका यी बालबालिकाहरुले पनि उच्च शिक्षा हासिल गर्न सके आत्मनिर्भर हुन सक्छन् । यसर्थ सरकारले उच्च शिक्षा अध्ययनको वातावरण निर्माण गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्