बानेश्वर हाइट। ब्याकग्राउनडमा उभिएको संविधान सभा भवन। भवनको अगाडिको भित्ता। अनि भित्ताको छेउमै टाँसिएको पोष्टर जस्तो सिङ्गो मान्छे। क्रसमा झुण्डिएका क्राइष्टको लकेट, हाइलइट गरिएको सुनकेस्री कपाल। टाइट ब्ल्याक जिन्स, टिम्बरल्याणको जुत्ता, फेन्सी जेब्रा टि-सर्ट। अनि माथिबाट लङ्ग ओभरकोट । एउटा नामुद कोकाकोला फिगर। पुरै साइज फिटिङ्ग।
आधा चेन खुलेको ब्यागको जस्तो मन्द मुस्कान।मादकताले खर्लप्पै निलेको
गाजलु आँखा ,चुच्चो नाक,गुलाबी अधर,अनि डार्क रेड लिपस्टिकले पेन्टेड ओठ
अहिले रगत चुहिएला जस्तो।
नजिक हुँदो हुँ त spinz को कडा perfume पनि मगमगाउदो होला। सुनमा सुगन्ध थप्दै......
फेसबुक लग इन गर्न साथ आँखैमा ठोकियो एउटा unknown user को नयाँ गेट अपको
प्रोफाइल पिक्चर।मन बेचैन भएर आयो। फोटो zoom गरें।अनि स्क्रिनभरि आँखा दौडाएँ.. परेली,नाकको फुली, इयर रिङ्ग.....एकएक गर्दै। पुरै Microscopically । मनमनै सम्झें, सानोमा साथीहरू माझ लोलाएर सुनेका परीका कथा।दिमागभरि रोटेपिङ्ग झैं घुमिरहे कृष्णका गोपिनीका आकृति अनि स्वस्थानीमा वर्णित अप्सराका मोहिनी रूप। "तिनै मध्ये यी एक हुनुपर्छ। इन्द्रलोकमा नाच्दानाच्दै उछिट्एर पाताल झरेकी।",मनको एक कुनो बोल्यो आफैसँग। भगवानले नि फुर्सदमै बनाए जस्तो।सुन्दरताको सबै सीमा मिचेर।
माउसको पोइन्टर दौडाएर सिधै गएँ कमेन्ट बक्समा।अनि किबोर्डमा औला नचाउदै लेखिदिएँ- "Beautiful ! Seems like an angel from a fairy tale " एउटा बाइ हार्ट गरिएको अङ्ग्रेजी लाइन। कक्षा १२ सम्म पढेको विवेक लगाएर।
एकैछिनमा आइपुग्यो उनको रिप्लाइ। शब्दहरू फारू गरेर लेखियाथ्यो- thanks...अनि छेउमै पठाइछे दुईवटा पानका पात। मौकाको भरपुर फाइदा उठाउँदै मैले पनि पठाइदिएँ, फ्रिजिङ्ग कोल्ड नाइटमा एउटा हट flying kiss :) उपहार स्वरूप। सोचि हेरें ,यी flying kiss पनि साच्चिकै चरा जस्तै उड्दा हुन् त सायद उनको शरीरको कुनै भाग खाली हुन्थेनन् होला, जहाँ मेरो अोठको डाम
नहोस् ।
के खोज्छस् बैस?- तरूनी। आँखा लोभी,मन पापी भएपछि उमेर,बन्धन र आदर्शका सबै पर्खाल भाँडमा जाँदा
रै´छन्। केटीको लालपुर्जा र पाटपुर्जामा सम्झौता गर्ने दुनियामा मै मात्र हुँला एउटा दु: खी आत्मा,जो केटीको एकै नजरमा फिदा भा'को। बीस नपुगी कुनै मिस तिर आँखा नडुलाउने मेरो भिष्म प्रतिज्ञा बाफ जस्तै उडि गयो,उति बेलै। प्रोफाइल खोलें .. Active now रै'छ। अनि छेउमै थियो जुनकिरी जस्तै बलिरा'को ग्रिन लाइट।ढिला नगरि मैले नि च्याट सुरू गरें।
"Hlw, May I know u?" च्याटको पहिलो बसाइमा chemistry मिलार बोलें। > sorry! stangers सँग बोल्ने बानी छैन.. उताबाट रिप्लाइ आयो।
किन? आज सम्म तिमीले बोलेको सबै मान्छेलाई जन्मिदै चिन्या थियौ ? > जवाफमा एउटा थोते हाँसोको emo पठाइ।
अनि कता बस्छ्यौ? मैले सोधें।
>घरमा
अनि घर कहाँ छ?
> प्रतिउत्तर आयो- जमिन माथि।
रिसले भैरव रूप लिन लाग्यो।मैले नि एउटा रेडिमेड डायलग प्रहार गरें- "
मान्छे हेर्दा Nokia1100 जस्ती तर attitude भने Iphone6 जस्तो।
>जङ्गिदै ऊ पनि आत्मरक्षामा उत्री-"तिमी चहि आफुलाई के सम्झन्छौ? smartphone!
म पनि के कम। ईंटको जवाफ पत्थरले दिदैं भनें- तिम्रो attitude दुई दिनको
राम कहानी होला तर मेरो ego बच्पन देखि कै खानदानी हो।
भाउ बढेको हो?मौनतालाई तोड्दै मैले सोधें।
>के सम्झ्यौ मलाइ तिम्ले? नेप्से कि काठमाडौंको मइक्रो।-ऊ बिच्की।
माइक्रो जत्तिको भा नि धन्य- atleast student card देखार discount त पाउथें।
केहि बेर मौनता छायो।लेख्न लाग्या थिए कतै सुनेको अङ्ग्रेजी लाइन- Mind is angry but Heart still cares ..तर उनी अघि offline गैछिन्। उनको अनुपस्थितमा अनलाइन बसि रहनु त्यति उचित लागेन।
मैले नि फेसबुक लग आउट गर्नु अघि एउटा स्ट्याटस लेखें - सिङ्गो बोतलले दिन नसकेको नशा ,बस् तिम्रो एकै नजर काफि छन् मलाई सराबी बनाउन।.....
निदाउन खोजें। तर अहँ निद्रा लागेन। निदाउनै सकिन। सोचें - मलाई मायाको
नशा लाग्या कि प्यास? रातभर जिस्काइ रहे उनका काला आँखाले परी बनेर। तर्साइरहे चुडेल बनेर।
अलि पर रेडियो सेटमा उहि गीत,एकतमासले-" कजरा रे,कजरा रे।तेरे काले काले नैनो।"