काठमाण्डुबाट झापाको लागि बस गुड्यो,म डिलक्सवाला गाडीको भरपुर मजा लुट्दै थिए।मैले आफ्नो आइप्याड निकालेर फ्रीको वाइफाईबाट फेसबुक चलाउदै स्टाटस अपडेट गरे''जस्ट मोभ्ड फर झापा"।काखमा छोरी स्वीकृति झ्यालबाट पर -पर के नियाल्दै थिइ मैले वास्ता गरिन।गाडी कलंकीबाट बिस्तारै थानकोट हुँदै नाग्डढुंगाको ओरालो लाग्यो।हल्का -हल्का सुर्यले रङ्ग बदल्न थाल्यो ,दिन ढल्किन आट्दैथियो हाम्रो गाडी गुडिरह्यो।
सायद गाडी धार्के पुगेपछि रोकियो क्यार ।सहचालक भाईले रुष्ट स्वरमा भन्न थाल्यो '' नास्ता गरिहाल्नुस है ,बाटोमा गाडी कतै रोकिदैन सिधै खाना खाने ठाउँमा मात्रै रोकिन्छ।" उसको यो चेतावनी सहितको भनाइमा बास्तबिकता पनि थियो।छोरी स्वीकृतिको एउटा बानी के छ भने गाडीमा हिड्दा निदाईहाल्ने,मैले छोरीलाई झकझक्याउदै उठाएँ।५ बर्षे छोरी उनको निन्द्रा बिथोलिएकोमा क्रुद्ध बनेकिथिइन र किन उठाउनुभाको मामु भन्दै रोस प्रकट गरिन।मैले भने''नानू अब खाजा खानुपर्छ,नत्र गाडी बिचमा रोकिदैन।"उनको बालमस्तिष्कले के बुझ्यो खै आँखा मिच्दै हुन्छ भनिन।छेउमा निदाईरहेको सहयात्री दिदिलाई उठ्नुस अब खाजा खाने रे भने ,खासै चिनजान त थिएन तरपनी उनलाई उठाउनु पर्ने मेरो बाध्यता थियो किनकी उ नउठि मैले बाटो पाउने थिइन।म त नखाने भन्दै निद्राकै तालमा उनी उठेर मलाई बाटो छोडिदिइन।म छोरिलाई डोर्याएर बसबाट ओर्लिएँ।शौच गर्न शौचालय गएँ ,अनि हात धोएर फ्राई राइस एउटा प्लेटमा तर दुइटा चम्चा मागे अनि आमाछोरीले खायौं ,अनि म एक बोटल पानी बोकेर गाडीभित्र छिरेँ।अनि फेसबुकमा ब्यस्त भए छोरी भने काठमाण्डुबाट ल्याएको कुरकुरे खाँदै थिइन ।बिस्तारै अँध्यारो हुन लाग्यो,गाडिले बिस्तारै गति लियो,अनि गाडीमा कुनै गीत बजिरहेको थियो तर मैले वास्ता गरिनँ,किनकी म फ्री वाइफाइको सदुपयोग गर्न ब्यस्त थिए ।अँध्यारो निस्पट्ट थियो खोइ कता हो पुगेपछी सहचालक भाइले टिकट हेर्न थाल्यो।मलाई पनि झ्याउ लागेर आईप्याड ब्यागमा राखेर म सुस्ताउनलाई टाउको सिटमा टेकाउन लाग्दै थिएँ। अनि मेरो टिकट माग्यो मैले झिकेर दिए,उस्ले अलिकती च्यात्यो र मलाई फिर्ता गर्यो म त्यसलाई कच्याककुचुक पारेर ब्यागमा कोचे अनि फेरि निदाउने चेस्टा गर्न लागे।
म कति घण्टा निदाएछु,त्यो थाहा भएन तर म त्यतिबेला बिउझिए ,जतिबेला गाडिमा अस्वाभाविक ब्रेक लाग्यो तर पुर्बको लामो डिलक्स गाडी त्यसरी अस्वभाविक ब्रेक लगाउँदा रोकिनुको साटो डिस्ब्यालेन्स भएर भिरतिर कोल्टिन लाग्यो,मलाई केही गर्न हुति आएन नानी चिच्यादै थिई।अन्य यात्री पनि रामराम भन्दै थिए कोइ रुदै थिए।तर मैले छोरीलाई बेस्सरी अंगालो हाल्न सिबा केही गर्न सकिनँ।गाडी बिस्तारै घस्रीयो,र एउटा रुखमा गएर अड्कियो त्यस्तै करिब ३० सेकेन्ड नपुग्दै त्यो रुख भाँचियो,अनि एउटा हाँगाले मेरो सिटको सिसा फुटालेर मेरो दाइने आँखामा लाग्यो तर मैले पिडाबोध गरिन किनकी मलाई मेरो छोरीको माया बढी थियो आफ्नोभन्दा।
गाडी फेरि घससस गर्दै पानीमा छ्याप्ल्याङ गर्दै पुग्यो।मैले बिस्तारै गाडीमा पानी छिरेको थाहा पाएँ,अनि अब त्याँ झ्यालबाट निक्लने सोंच बनाएर एताउती गरेको आगाडिको सिटले मेरो बायाँ खुट्टा च्यापेको रहेछ।अनि चलाउन खोजे सकिन पानी बिस्तारै गाडीमा भरिदै थियो।नानी चुप लाग्न थालेकी थिइ।र मैले अन्तिममा नानीलाई अँगालोमा च्यापेर बसिरहेँ।पानीले पुरै गाडी ढाक्यो,मलाई सास फेर्न गार्हो भयो , तर म त्यहाँबाट फुस्किन सकिन किनकी मेरो बायाँ खुट्टा च्यापिएको थियो।तर छोरीलाई बलियोसंग समातिरहेँ।
मलाई धेरै गार्हो भयो किनकी मैले धेरै पानी खाइसकेको थिए ।र केही बेरको असफल संघर्षपश्चात् मलाई सहज भयो।
चारैतिर सन्नाटा थियो।म अचानक फुत्त गाडीबाहिर निक्लिए र हतासले छोरी खोजे तर भेट्टाउन सकिन।फेरि झ्यालबाट भित्र हेरेँ,म अनि छोरी अङ्गालोमा कस्सिएका थियौ।मलाई रुन मन लाग्यो ,रुन सकिन बाहिर श्वास लिएर चिच्याउन मन लाग्यो तर चिच्याउन सकिन ।केबल त्रिशुलिको चिसो सिरेटो र खोलाको आवाज बाहेक मैले केही महसुस गर्न सकिन।अनि मलाई थाहा भयो मैले भौतिक शरीर गुमाईसकेको रहेछु।मैले छोरी लाई खोजे कतै भेट्टाउन सकिन। ,र अन्तमा मलाई लाग्न थाल्यो,भौतिक शरीर संगै छोरी र मेरो यात्रा सकिएछ।म बेला बेलामा मेरो र छोरीको लास छेउ पुगेर नियाल्थे।अनि फर्किन्थे बाहिर हावामा।मलाई मेरो श्रीमानको याद आयो ,मेरो घरपरिवारको याद आयो।
खाडीमा पसिना बेच्ने श्रीमानको ललाटमा अन्तिम पटक चुम्न मन थियो तर अधुरो भयो।म डाँको छोडेर रोएँ तर आवाज निस्किएन किनकी म अब आत्माको शरीरमा थिए।
रात छिप्पिदै थियो ,त्यतिकैमा माथी केही टर्चलाईट बलेको जस्तो आभास भयो।लाग्दैथियो कोहि त्यो दुर्घटनास्थलतिर बढ्दै छ।म पनि त्यो टर्चलाईट बलेको ठाउँमा पुगे केही पुलिस तथा आर्मिका जबानहरु डोरि रुखमा बाँधेर अगाडि बढ्दै रहेछन।उनिहरु भन्दै थिए,''कति अग्लो भिर बाट खसेछ,कतिजना मर्योहोला ?? यस्तो ठाडो भिरमा कसरी जाने??"मलाई दुर्घटना स्थलको नाम थाहा भयो,कृष्ण भिर नजिकैको घुम्तीमा रहेछ।कोहि भन्दै थियो ''यो दहको नाम काली दह हो ,यहाँ हरेक बर्ष गाडी पल्टिन्छ।"उनिहरु डोरिका मद्दतले बिचमा उछिट्टिएका लासहरु र सामानहरु माथी रोडमा लैजादै थिए।म फेरि तल पानी भित्रको आफ्नो र छोरिको लासलाई हेर्न पुगे त्यतिकै गर्दागर्दै मान्छे र उद्दार गर्ने हरु धेरै भए।बाहिर र बगरमा उछिट्टिएका लासहरुमात्र माथी पुर्याए।उनिहरु खोइ त गाडी?? भन्दै थिए मलाई भन्न मन थियो,भित्र पानीमा छ तर सकिन मैले।रात सकिदै गयो उज्यालो हुन लाग्यो।मिर्मिरे बिहानमा त्यो सन्नाटा ज्यादै हृदयबिदारक थियो।
बिस्तारै अझ आर्मी पुलिसका दस्ताहरु थपिए।त्यतिकैमा अर्को रेस्क्यु टिम आइपुग्यो ,त्यस्ले पत्ता लगायो गाडी कहाँ छ भनेर ।अनि उनिहरुले सक्नेजती डुङ्गा बाट निकाल्दै थिए।गाडी निकाल्न काठमान्डूबाट क्रेन ल्याउने कुरा हुँदैथियो।बिस्तारै एक जबान मेरो र छोरीको लास नजिक पुगेर निकाल्न खोज्यो।त्यतिकैमा उ करायो,''बिचरा आमाछोरी जस्तो छ ,अङ्गालो मारेर मरेछन भन्यो।"अरु २जना गएर सहयोग गरेपछि बल्ल आमाछोरीको लास बगरमा निकाल्न सक्यो।बगरमा आइपुग्दा पनि आमाछोरिको अङ्गालोको सामिप्यता छुटेको थिएन।त्यो लास देखेर सबै मान्छे रुन लाग्यो।यत्तिकैमा नजिकै एउटा जबान उभिएर सुक्क -सुक्क गर्दैथियो।र उसको छातिमा दायाँ तिर के.आर.तामाङ लेखिएको थियो त अर्कोतिर आर्म्ड पोलिस फोर्स लेखिएको रहेछ।उसको जिउभरी रगत लत्पतिएको थियो सायद उसले रातभर लास बोकेको हुनुपर्छ ।