बेरोजगार (कविता) – बिबेक आचार्य

बेरोजगार (कविता) – बिबेक आचार्य

 

म देख्छु, हजारौ अनुहार
तिनले बोकेका हजारौ झोला,
र झोलाका कुना-कुनामा गुम्सिएका सपना |
मेरो झोला पनि त त्यस्तै छ
बर्षौ देखि जम्मा गरेका सपना पुरा गर्ने पत्रहरु
अनेक ठाउमा निकै वर्ष बिताएर कमाएका कागजहरु
झोलाका चेपमा ति सबै गुम्सिएर अचेल ढुसी गनाउछ |

बेरोजगारी अचेल, नाग बनेर आउछ
फन ठड्याउछ र डस्छ बारम बार
उसको विष बाट बच्न खोजी हिड्छु
अनगिन्ति झाक्रीहरु, र तिनका अनेक मन्त्रहरु
धाउछु कहिले निजि, त कहिले सरकारी झाक्रिका अड्डाहरु
कहिले लोकसेवा, त कहिले म्यान पावरहरु
अनि उभिन्छु त्यो अनगन्ती रोगिहरुको लाममा
सबै त उही हात भरि certificate बोकेका म जस्तै |

संखे किरा भन्दा सुस्त गतिमा आगाडी सर्छ त्यो लाम
र घन्टौको मेहेनत पश्चात टक्र्याउछु तिनलाई,
मेरा जिबन भरिका मेहेनतका नमुना
त्यति गर्न पाउदै अर्जुन संग तुलना गर्छु आफुलाई
सोच्छु महाभारतको लडाई नै जिते आज |

एक छिन् लाइ भए पनि बिर्सिन्छु
बाकी नै पो छ अर्को अग्नि परीक्षा |
थाकेर हारेर आफ्नो कोठाको बाटो तिर
सुसाउदै फर्कदा देक्छु
college छुट्टि भएर रमाउदै फर्केका भुराहरु
भोलिका दिनमा यस्तै बेरोजगारिको रोग लाग्ने
बिरामीको झुण्ड हरु |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्