महिलाहरुको महान् पर्व तीज आउन अझै एक हप्ता जस्तो छ । तर विराटनगरमा भने तीजको रौनक छाउन थालेको छ । महिलाहरु एक आपसमा जमघट भई रमाईलो गर्न थालेका छन् । स्रस्टा नेपालले महिलाहरुमा भएको भित्री प्रतिभाको प्रस्फुटन उर्तार्ने उद्धेश्यका साथ आगामी भदौ ११ गते पुर्वाअञ्चल तिज तारा विराटनगरको विरेन्द्र सभागृहमा गर्ने भएको छ । यसै विषय सम्बन्धी पूर्वाअञ्चल तीज तारा आयोजककी सुनिता उप्रेती संग सहकर्मी प्रेम देवान संग गरीएको छोटो कुराकानी ः
१)पुर्वाअञ्चल तीज तारा २०७३ किन गराउन लाग्नु भयो ?
पहिलो कुरो त महिलामाहरुमा भएको भित्री नृत्य प्रतिभालाई बाहिर ल्याएर प्रस्टफुटन गराउने मुख्य उद्धेस्य हो । दोस्रो कुरो विराटनगरमा यस्ता कार्यक्रम कमै मात्रमा हुने भएका कारण यसपालीको तीजलाई विशेष रौनक बनाउन लागिएको हो त्यसैले पुर्वाअञ्चल तीज तारा गर्न लागिएको हो ।
२)पुर्वाअञ्चल तीज तारामा कस्ता – कस्ता व्याक्क्तीले सहभागिता जनाउन सक्ने छन् नी ?
खास गरी यस कार्यक्रममाा विशुद्ध विवाहित महिला, बैवाहिक जीवनमा बाधीसकेका महिलाहरुले सहभागिता जनाउन सक्नेछन् । जो स्टेजमा नाच्न मन गर्नुहुन्छ विशेष उहांहरु कै लागी हो । मोटो पातलो कुनै पनि क्याटीगेरी छुटाईएको भने छैन । नाच्न मन गर्नुहुने सबै ईच्छुक महिलाहरुको लागी हो ।
३)नृत्य प्रतियोगितामा सहभागीले एकल वा सामुहिक रुपमा सहभागी जनाउन सक्ने छन् त त्यसोभए ?
पक्कै पनि तीज पर्वमा एकल नृत्य भन्दा पनि सामुहिक रुपमा नाचिदै आएको कारण यो हामीले सहभागी महिलाहरुका लागी सामुहिक रुपमा राखेका छौ । सहभागीले ३ जना देखी ८ जना सम्म समुह बनाएर भाग लिन सक्ने छन् ।
प्रतियोगितमा कहां – कहांबाट सहभागी आउने भएका छन् ?
खास गरी पुर्वाका मुख्य शहर धरान, ईटहरी, उर्लाबारी, दमक, विर्तामोड ईलाम र विराटनगरबाट चाही लगभग फिक्स नै भईसकेको छ । हामीले पहाडी जिल्लाहरुबाट पनि सहभागी जनाउने प्रयास गरीरहेका छौ । सायद उहांहरुलाइृ पनि ल्याउने प्रयास गरीरहेका छौ ।
सहभागि टिमलाई के के छ व्यावस्था ?
प्रत्येक समुहसंग १५ सय शुल्क तोकेका छौ र प्रत्येक विजेता समुहका लागी पुर्वाअञ्चल तिज ताराको क्राउन पहिराउने छौ । साथै विजेतालाई क्यास रकम पनि व्यावस्था गरीएको छ ।
अन्त्यमा अब आउने नयां सहभागिहरुलाई केही भन्नु छ ?
तीज तारा विशुद्ध विवाहित महिलाहरुका लागी हो । खास विवाहित दिदिवहिनीलाई समेट्न खोजीएको हो । हामीले समुहको एक जना जो राम्रो नाच्नु हुन्छ उहांलाई पनि पुरस्कारको व्यावस्था गरेका छौ । तर यति अविवाहित महिलाले विवाहित भएको नक्कल चाही नगरीदिनुहोला ।
प्रस्तुति :प्रेम देवान