विराटनगर । सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितबाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राती बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले क्याफेमा अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्नलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले धरान–१३ का ४६ बर्षीय हेमन राई, २७ बर्षीय योगेश लिम्बु, २९ बर्षीय मिलन लिम्बु, ३१ बर्षीय शुसान्त घिमिरे, ४२ बर्षीय कुमार तामाङ, ४० बर्षीय विवेक थापा, धरान–१ का ३३ बर्षीय सुजित साह धरान–१६ का ४१ बर्षीय अशोक लिम्बु, धरान–१५ का ३५ बर्षीय भवानी दाहाल र धरान–१७ का ३१ बर्षीय प्रज्वल राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीको १५ थान मोवाईल बरामद गरेको छ । पक्राउ परेका उनिहरुको सट्टेवाजी गर्न नहुने कसुरमा आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।